रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०८१
|
|
२२ पटक हेरिएको
Shares
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाले भिसा सिफारिस गर्दै लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता समेत नभएको दाबी गरेको छ।
  • बिहीबार केन्द्रीय समिति बैठकले रानाले लेखेको पत्र दूतावासमा समेत दर्ता नभएको ठहर गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानाले भिसा सिफारिस गर्दै लेखेको पत्र अमेरिकी दूतावासमा दर्ता समेत नभएको दाबी गरेको छ।

बिहीबार केन्द्रीय समिति बैठकले रानाले लेखेको पत्र दूतावासमा समेत दर्ता नभएको ठहर गरेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकपछि बोल्दै रास्वपाका कार्यवहाक प्रवक्ता झाले भने, ‘त्यो पत्रबारे हामीले आफ्नो स्रोतबाट बुझ्यौं। अमेरिकी दूतावासमा दर्ता पनि नभएको रहेछ।’

सिफारिसमा परेका व्यक्तिले त्यसको सुविधा उपभोग समेत नगरेको भन्दै उनले पत्रमा गलत आशय पनि नदेखिएको टिप्पणी गरे। रास्वपाले संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेको हुँदा रानाको पत्रबारे विवाद निकाल्न खोजिएको पनि दाबी गरेको छ । आजको बैठकले संवैधानिक परिषद्मा बहुमत पुर्याउनकै लागि पत्र लिक गरिएको निष्कर्ष निकालेको झाले बताए ।

झाले भने, ‘संवैधानिक परिषद्का बहुमत पुर्‍याउन यो पत्र लिक गरिएको हो ।’ यद्यपि यसरी पत्र लेख्नु गलत अभ्यास भएकाले आगामी दिनमा सजग हुनुपर्ने रास्वपाले बताएको छ ।

उपसभामुख अहिले पार्टीको सदस्य नभएको भन्दै झाले भने, ‘संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के छलफल हुन्छ भनेर हामी सचेत भएर बसेका छौं ।

उपसभामुख इन्दिरा राना मगरले फागुन २०७९ मा अमेरिकामा हुने एक कार्यक्रममा जान आफ्नो सहयोगी भनेर असम्बन्धित व्यक्तिलाई भिसाका लागि लिइने अन्तर्वार्ताका लागि अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भएको थियो ।

यस्तै महामन्त्री मुकुल ढकालले रानामाथि लगाएको आरोपमा कुनै सत्यता नभएको रास्वपाको भनाइ छ । ढकालले रानाले नाम सिफारिस गर्दा रकम लिएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
एकले अर्कालाई खाने अवस्थामा पार्टी एकता नहुने नेता महराको कडा अभिव्यक्ति
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
कालीमाटी तरकारी बजारमा विचौलियाको दादागिरी : अनुगमन टोलीलाई चार घण्टा थुने , तनाव बढेपछि आपुर्ती मन्त्री कालीमाटी पुगे
आज ३१ आषाढ २०७७ बुधवार को राशिफल
आज ३१ आषाढ २०७७ बुधवार को राशिफल
सुन्दै अचम्म लाग्ने मन्दिरको बीचमा रहेको एउटा अलौकिक वृक्ष
सुन्दै अचम्म लाग्ने मन्दिरको बीचमा रहेको एउटा अलौकिक वृक्ष
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
जापानमा रोजगारीः प्रक्रिया सुरु गर्न छलफल, रोजगारीका लागि जान के–के गर्नुपर्छ ?
पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण
पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण
भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद
भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद
ढल्यो कोशी प्रदेश सरकार ,अदालतकाे दियाे यस्ताे आदेश
ढल्यो कोशी प्रदेश सरकार ,अदालतकाे दियाे यस्ताे आदेश
कात्तिक १५ गते शनिवारको राशिफल यस्तो छ
कात्तिक १५ गते शनिवारको राशिफल यस्तो छ
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति
अमेरिका, मेक्सिको र क्यानडाबीच व्यापारमा सहमति

तपाईंले छुटाउनुभयो कि?