अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १९, २०७४
|
|
३० पटक हेरिएको
Shares
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक

सारांश

  • काठमाडौँ ।
  • स्थानीय तहको दोस्रो चरणमा असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको अन्तिम परिणाम प्राप्त हुने क्रम जारी रहेको छ ।
  •   प्रदेश नम्बर १, ५ र ७ को १९८ स्थानको मत परिणाम अनुसार नेकपा एमालेले १०१ स्थानमा विजय प्राप्त गरेको छ ।

काठमाडौँ । स्थानीय तहको दोस्रो चरणमा असार १४ गते ३३४ स्थानीय तहका लागि भएको निर्वाचनको अन्तिम परिणाम प्राप्त हुने क्रम जारी रहेको छ ।   प्रदेश नम्बर १, ५ र ७ को १९८ स्थानको मत परिणाम अनुसार नेकपा एमालेले १०१ स्थानमा विजय प्राप्त गरेको छ । पहिलो चरणको निर्वाचनमा पहिलो शक्ति बनेको एमाले दोस्रो चरणमा पनि पहिलो शक्ति बन्ने लक्षण देखाएको छ ।

नेपाली कांग्रेसले ८९ र माओवादी केन्द्रले २9 स्थानीय तहमा जित हात पारेको छ ।  अहिलेसम्म राष्ट्रिय जनमोर्चाले दुर्इ र संघीय समाजवादी फोरम र नयाँ शक्तिले  ६ र फोरम लोकतान्त्रीक र राप्रपाले  एक -एक स्थानीय तह जितेका छन् । नगर र गाउँपालिका दुवैमा एमाले केही अग्रस्थानमा छ । प्रदेश एक र ५ मा एमाले बलियो देखिएको छ भने प्रदेश नम्बर ७ मा म नेपाली कांग्रेस अगाडी देखिएको छ ।

उपमहानगरमा एमाले धेरै ठाउँमा अगाडी छ  । बिरानगर महानगरपालिका, इटहरी, धनगढी नगरपालिकामा कांग्रेस अगाडी रहेको छ ।  बटुवल, तुलसीपुर, घोराही, धरान उपमहानगरमा एमाले अगाडी छ । नेपालगञ्ज नगरपालिकामा भने राप्रपा फराकिलो अन्तरले अगाडी देखिएको छ । मतगणना जारी रहेका तीन प्रदेशका मुख्य सहरका उपमहानगरपालिकामा पनि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा जारी छ । उपमहानगरमा मतगणना निकै सुस्त भएकाले उपमहानगरको मतपरिणाम आउन अझै एक साता लाग्ने बताइएको छ । तीन दिनसम्ममा उपमहानगरमा करिब १० हजार हाराहारीमा मात्रै मत गनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?