चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ५, २०७९
|
|
४७ पटक हेरिएको
Shares
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

सारांश

  • काठमाडाैं।
  • रियल मड्रिडका स्ट्राइकर तथा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।
  • बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा टि्वीटर मार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्।

काठमाडाैं। रियल मड्रिडका स्ट्राइकर तथा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा टि्वीटर मार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन्।

फिफा विश्वकप २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएपछि बेन्जेमाले सन्यासको घोषणा गरेका हुन्। फिफा विश्वकप २०२२ मा टोलीमा रहेका बेन्जेमा अभ्यासको क्रममा तीघ्रामा चोट लागेपछि विश्वकप खेल्नबाट वञ्चित भएका थिए।

सन् २००७ को मार्चमा अष्ट्रिया विरुद्ध फ्रान्सबाट डेब्यु गरेका बेन्जेमाले फ्रान्सको लागि ९७ खेल खेल्दा ३७ गोल गर्न सफल भएका छन्। बालन डे अवार्डबाट पुरस्कृत बेन्जेमाले नेसन्स लिग जितेसँगै फ्रान्सलाई २०२२ को विश्वकपमा सजिलै क्‍वालिफाइ गराएका थिए।

बेन्जेमाले रियल मड्रिडलाई लालिगा, दुईवटा कोपा डे रे र पाँचवटा च्याम्पियन्स लिगसहित २३ वटा उपाधी दिलाउँदै रियल मड्रिडका दोस्रो धेरै गोल गर्ने खेलाडीका रुपमा आफूलाई चिनाएका छन् । करिम बेन्जेमाले फ्रेन्च टोलीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा पाँचौ स्थानमा आफ्नो नाम दर्ता गराएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गम्बु शेर्पाको वेलकम  टु माई हार्ट सार्वजनिक (भिडियो )
गम्बु शेर्पाको वेलकम टु माई हार्ट सार्वजनिक (भिडियो )
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास
१२० मेगावाट क्षमताको रसुवा–भोटेकोशी जलविद्युत आयोजनाको शिलान्यास
विद्युत् चुहिएर किराना पसलमा आगलागी
विद्युत् चुहिएर किराना पसलमा आगलागी
त्रिवि अन्तर्गतका क्याम्पस बन्द
त्रिवि अन्तर्गतका क्याम्पस बन्द
खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालन
खुवाबाट घरदेखि डेरी उद्योग सञ्चालन
भाग्दै गरेका ललितपुर– १ बाट निर्वाचित सांसद सिलवालले यसरी हाने व्यंग्य
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली
निजी विद्यालयलाई पुल्पुल्याएर राख्ने पक्षमा छैन : प्रम ओली
आजको राशीफल
आजको राशीफल