हुलाक बैंक खारेजीले बचतकर्तामा निराशा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
हुलाक बैंक खारेजीले बचतकर्तामा निराशा

सारांश

  • बाँके, २२ भदौ ।
  • जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ ।
  • हुलाकका कर्मचारी पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा जुटिरहेका हुन्छन् ।

बाँके, २२ भदौ । जिल्ला हुलाक कार्यालय बाँकेमा सञ्चार सेवा लिनेभन्दा बैंकिङ सेवा लिने सेवाग्राहीको भीड बढी देखिन्छ । हुलाकका कर्मचारी पनि सञ्चार सेवाभन्दा पैसा जम्मा गर्ने, भौचर भरिदिने र खाता खोलिदिने काममा जुटिरहेका हुन्छन् ।अन्य व्यावसायिक बैंकभन्दा भरपर्दो, खाता खोल्न र रकम झिक्न सजिलो, कम आय भएका र सामान्य लेखपढ गर्न जान्नेलाई सहज हुने भएकाले शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रका नागरिक हुलाक बैंकप्रति बढी आकर्षित छन् । तर सरकारले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरेसँगै बचतकर्तामा भने निराशा छाएको छ ।

सरकारले हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सार्ने योजना ल्याएसँगै बचतकर्ता निराश बनेका छन् । हुलाक बचत बैंकमा भन्दा अन्य वाणिज्य बैंकमा खाता हस्तान्तरण हुँदा बचतकर्ताले १५ प्रतिशत आयकर तिर्नुपर्नेछ । आयकर तिर्नु नपर्ने, सहजैरूपमा नयाँ खाता खोल्न र रकम जम्मा गर्न सकिने भएपछि बचतकर्ताको हुलाक बचत बैंकप्रति आकर्षण बढ्दो थियो ।

रकम बचत गर्दै गरेका डुडुवा–२ बेतहनीका रामदिन बर्माले भन्नुभयो, “रु एक सयमै खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले यहाँ पैसा जम्मा गर्छु । सरकारले यो व्यवस्था खारेज गर्ने भनेको छ, अब कुन बैंकमा खाता सार्ने हो । खाता सारेपछि हामीलाई हैरान हुन्छ । यहाँजस्तो सुविधा अरु बैंकमा पाइँदैन ।”

कारोबार गर्न सहज भएकै कारण निम्न आय भएका बाँकेवासीको हुलाक बचत बैंकप्रतिको आकर्षण निकै बढेको हो । रिक्सा चालक रमेश धोबी भन्नुहुन्छ, “सजिलो सेवा, आकर्षक ब्याजदर र सुरक्षित बचत भएकाले दिनभरि रिक्सा चलाएर कमाएको रकम यहाँ जम्मा गरिदिन्छु, अरु बैंकभन्दा यहाँ रकम जम्मा गर्न सजिलो छ ।”

बाँकेमा हुलाक बचत बैंक शुरु भएसँगै निम्न आय भएका वर्गबीच लोकप्रिय भइरहेको छ । ग्रामीण क्षेत्रका बासिन्दा, गाउँमा रहेका महिला समूह र सदरमुकाममा रहेका अधिकांश व्यक्तिको आर्थिक कारोबार गर्ने बंैकको रूपमा रहेको हुलाक बचत बैंकप्रति निम्न आय भएका समुदायका लागि सहज पहुँचका रूपमा हुलाक बचत बैंकलाई लिइएको छ ।

“हामीले सहजरूपमा सेवा पाइरहेका थियौँ, अब अन्य बैंकमा खाता हस्तान्तरण गरी कारोबार गर्दा झण्झट व्यहोर्नुपर्ने त छँदैछ । त्यसमाथि १५ प्रतिशत आयकर तिर्नुपर्ने भएको छ,’ बचतकर्ता नेपालगन्ज–२३ का बिनय बर्माले भन्नुभयो, ‘सरकारले यो बैंक खारेज नगरेको भए हुन्थ्यो ।’ हुलाक बचत बैंकमा बचत गरेवापत साधारण बचतमा छ प्रतिशत र जेष्ठ नागरिक बचत खातामा सात प्रतिशत बार्षिक ब्याज पाइन्छ ।

चिठ्ठीपत्रलगायत सञ्चारका अन्य काममा व्यस्त रहने हुलाकका कर्मचारी पनि बचतकै काममा बढी केन्द्रित हुनुपरेको जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोआज चिठ्ठीपत्रभन्दा पनि हुलाक बचत बैंकको काममा बढी ध्यान दिनुपरेको छ । थोरै रकम जम्मा गर्न सकिने र राम्रो ब्याजदर प्राप्त हुने भएपछि यस बैंकप्रति सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।”

जिल्ला हुलाक कार्यालय बाँकेका हुलाक बचत बैंक फाँट प्रमुख नन्दकुमार गडरियाका अनुसार बाँकेमा दुई हजार ८० खातामध्ये एक हजार ७७५ खाता सञ्चालनमा रहेका छन् । बचतकर्तामध्ये न्यून आय भएका धेरै रहेको र त्यसमध्ये पनि ग्रामीण क्षेत्रका नागरिक रहेको गडरियाले बताउनुभयो । बचत बैंकमा हाल रु नौ करोडभन्दा बढी रकम रहेको उहाँले बताउनुभयो ।

फाँट प्रमुख गडरियाका अनुसार रु ५० देखिमाथि रु १० लाखसम्म जम्मा गर्न पाइने भएपछि सहजताका आधारमा बचतकर्ताको आकर्षण बढ्दो क्रममा रहेको थियो । खाता हस्तान्तरणले ग्राहकको गुनासो बढेको छ, ऋण लगानी र नयाँ खाता खोल्न विभागकै निर्देशनअनुसार रोकिएको छ । ‘तर बचतकर्ता नयाँ खाता खोल्न र ऋण माग गर्न आइरहनुभएको छ । हामीले सम्झाएर पठाउने गरेका छौँ”, फाँट प्रमुख गडरियाले भन्नुभयो । बाँकेमा २०६३ असोजदेखि हुलाक बचत बैंक सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनुपर्छ : प्रम ओली
तोपसँग खुकुरीले लडेर पूर्खाले बचाएको देश हामीले जोगाउनुपर्छ : प्रम ओली
बनेपाको पाउरोटी उद्योगमा सिल
बनेपाको पाउरोटी उद्योगमा सिल
प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा प्रवेश !
प्रधानन्यायाधीश कार्की सर्वोच्च अदालतमा प्रवेश !
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि सुरु, गिरीलाई ‘नो इन्ट्री’
प्रधानमन्त्रीले गरे अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन
प्रधानमन्त्रीले गरे अतिविशिष्ट व्यक्ति सुरक्षा प्रदर्शनीको अवलोकन
स्वेच्छिक अवकाश रोजेका कर्मचारीले नाम फिर्ता लिन पाउने
स्वेच्छिक अवकाश रोजेका कर्मचारीले नाम फिर्ता लिन पाउने
राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
राष्ट्रपति पौडेल र राजदूत सोङबीच शिष्टाचार भेट, के भयाे कुराकानी ?
नागरिकता विधेयक निष्क्रिय