कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ७, २०७७
|
|
३० पटक हेरिएको
Shares
कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला

सारांश

  • बिष्णु फडेरा, हुम्ला ।
  • विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोेभिड१९)को संक्रमण नफैलियोस् भन्दै कर्णाली प्रदेशका गाउँका बासिन्दा दैवी शक्तिको भर पर्न थालेका छन् ।
  • परापूर्वकालदेखि नै दैवी शक्तिको पर्दै आएको दावी गर्दै कर्णाली जिल्लाका बासिन्दा कोरोना भाइरसको महामारीका बीच पनि दैवी शक्तिको भरमा परेका हुन् ।

बिष्णु फडेरा, हुम्ला । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोेभिड१९)को संक्रमण नफैलियोस् भन्दै कर्णाली प्रदेशका गाउँका बासिन्दा दैवी शक्तिको भर पर्न थालेका छन् । परापूर्वकालदेखि नै दैवी शक्तिको पर्दै आएको दावी गर्दै कर्णाली जिल्लाका बासिन्दा कोरोना भाइरसको महामारीका बीच पनि दैवी शक्तिको भरमा परेका हुन् । आपतविपतमा दैवी शक्तिको आराधना गर्दै आएका उनीहरुले शनिबार गाउँमा कोरोना भाइरस प्रवेश नगरोस् भन्दै गाउँका सबैलाई काँडाले पिट्ने र खसीलाई गाउँ निकाला गरेका छन् ।

हुम्ला जिल्लाको साविकको सर्किदेउ गाविस हाल सर्केगाढ गाउँपालिका १ र २ नंवर वडाको रिपमा शनिबार राति ६ बजे गाउँमा सबैको घरका मुख्य व्यक्तिले आफ्ना परिवारलाई रोग, भोक र शोक नलागोस् भनेर काँडाले चोट नलाग्ने गरी पिट्दै, होहल्ला गर्दै गाउँदेखि करिब १ किलोमीटर टाढा र देउताले भने बमोजिमको सामान फालेको स्थानीय शिक्षक नवराज फडेराले बताए । शिक्षक फडेराका अनुसार परापूर्वकालदेखि नै मान्दै आएको देउताले भने बमोजिम गर्दा रोग र भोकले गाउँलाई नछुने मान्यता रहेको छ । सर्की देउता हेराएर रातो कपडामा जौ, दाल र रातै कपडाले छोपेर खसीलाई गाउँ वरिपरि घुमाएर गाउँ निकाला गरे देउताले रोग आउन नदिई आफ्ना भक्तजनको सुरक्षा गर्छन् भन्ने जनविश्वास रहेको स्थानीय बिर्सिंङ फडेराले बताए ।

१२ किशिमका अनाज बनाएर खसीको टाउकोमा घुमाएर गाउँको चौबाटो पर्ने सांगुडीमा फालिएको वडा नं.२ रिपमा प्रशासन सहायक पासाङ महताराले बताए । यसरी फाल्दा कोरोना भाइरस गाउँमा प्रवेश नगर्ने विश्वास रहेको महताराको भनाई छ । गाउँलेले १० हजार रुपैयाँ संकलन गरेर खसी किनिए पनि खसीको मुल्य भने नतोकिएको महताराले बताए ।

त्यसै गरी रिप गाउँमा बाहिरबाट आउने कसैलाई पनि गाउँमा प्रवेश गर्न नदिन लेप्च्यामा हेल्थ डेक्स स्थापना गरिएको छ भने स्थानीयले पनि अन्य गाउँबाट आउनेहरुलाई गाउँ प्रवेश गर्न नदिन कडाई गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
सम्बन्ध सुधार्दै पारस शाह
सम्बन्ध सुधार्दै पारस शाह
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
मुख्यमन्त्रीहरु बालुवाटारमा, प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै
फेरि नेपाल आउन नपाउने गरी चार्ल्स शोभराजलाई फ्रान्स पठाइँदै
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ
कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता आचार्यले लिए सपथ
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
बस दुर्घटनामा परी २७ जनाको मृत्यु, २० घाइते
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
Sunny Deol’s action-comedy flick ‘Bhaiaji Superhit’ first poster is out!
Sunny Deol’s action-comedy flick ‘Bhaiaji Superhit’ first poster is out!
आपराधिक तत्वलाई निस्तेज पार्छौं : गृहमन्त्री थापा
आपराधिक तत्वलाई निस्तेज पार्छौं : गृहमन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?