जनकपुरबाट हवाई इन्धन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १३, २०७६
|
|
२० पटक हेरिएको
Shares
जनकपुरबाट हवाई इन्धन

सारांश

  • काठमाडौं ।
  • नेपाल आयल निगमले जनकपुरमा हवाई इन्धन भर्न रिफ्युलिङ संचालनमा ल्याएको छ ।
  • विमानस्थलबाट रात्रीकालिन सेवालाई लक्षित गर्दै रिफ्युलिङ सेवा सुरु गरेको निगमले जानकारी दिएको छ ।

काठमाडौं । नेपाल आयल निगमले जनकपुरमा हवाई इन्धन भर्न रिफ्युलिङ संचालनमा ल्याएको छ ।विमानस्थलबाट रात्रीकालिन सेवालाई लक्षित गर्दै रिफ्युलिङ सेवा सुरु गरेको निगमले जानकारी दिएको छ ।जनकपुर उडान गर्ने जहाजले यसअघि भने काठमाडौंमा नै इन्धन भर्नु पर्ने अवस्था रहेको थियो । तर अब भने उक्त सेवा जनकपुरमानै उपलब्ध भएको छ । उक्त रिफ्युलिङको उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गरेका हुन । जनकपुर विमानस्थलमा १६ हजार लिटर क्षमताको रिफ्युलिङ मेसिन राखिएको निगमले जानकारी दिएको छ ।निगमका अनुसार सेवा सुरु भएपछि प्रदेश नम्बर २ मा रात्रीकालिन सेवा सुरु गर्न जहाजलाई सहज इन्धन भर्न सहज भएको छ ।

यो पनि पढ्नुहोस

आज १२ को नतिजा सार्वजनिक हुने
माध्यमिक शिक्षा अन्र्तगत कक्षा १२ को नतिजा १३ गते सोमबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएको जानकारी दिएको छ । साथै बोर्डले यसपटक सबै विषयको परीक्षाफल प्रकासितको तयारी गरेको पनि बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?