निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०७४
|
|
३६ पटक हेरिएको
Shares
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव

सारांश

  • काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधिप्रसाद यादवले आगामी मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैन कि भन्ने कुनै शंका नगर्न आग्रह गरेका छन् ।
  • निर्वाचनको सुरक्षासम्बन्धि गोष्ठीलाई शनिवार काठमाडौंमा समापन गर्दै यादवले निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु अब सान्दर्भिक नहुने बताए ।

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैन कि भन्ने कुनै शंका नगर्न आग्रह गरेका छन् ।

निर्वाचनको सुरक्षासम्बन्धि गोष्ठीलाई शनिवार काठमाडौंमा समापन गर्दै यादवले निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु अब सान्दर्भिक नहुने बताए ।

उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारीको कामलाई निर्वाचन आयोगले दु्रत गतिमा अघि बढाइरहेको बताए । यादवले निर्वाचनका लागि आवश्यक सुरक्षाको व्यवस्था पनि भइसकेको पनि जानकारी दिए ।

कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको तयारीका विषयमा जानकारी गराएका थिए । सरकारले आगामी मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेना पनि परिचालन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?