बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बिमस्टेक सम्मेलन : चार देशका प्रमुख पाहुना आज जाँदै

सारांश

  • काठमाडौँ ।
  • बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखमध्ये ४ जना आज फर्कदैछन् ।
  • परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज शुक्रबार फर्कने भएका हुन् ।

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखमध्ये ४ जना आज फर्कदैछन् ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आज शुक्रबार फर्कने भएका हुन् ।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भोलि शनिबार फर्कने छन् । उनी लुम्बिनी भ्रमणमा जाँदैछन् । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार फर्कने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री केपी ओली र सिरिसेनाबीच द्विपक्षीय भेटघाट हुने कार्यक्रम छ ।

सबै पाहुनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा सामूहिक भेट सहितको दिवाभोज दिएकी थिइन् । भोजपछि शिखर सम्मेलनमा उद्घाटन मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?