अपहरण मुद्दाका फरार तामाङ पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
अपहरण मुद्दाका फरार तामाङ पक्राउ

सारांश

  • काठमाडौँ, १३ फागुन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अपहरण मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
  • ब्यूरोबाट खटिएको टोलीले पुनरावेदन अदालत पाटनको मिति २०७० वैशाख ३१ को फैसलाले नौ वर्ष कैद र ५० हजार जरिवाना सुनाएका धादिङका २७ वर्षीय सुनिल तामाङलाई शनिबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।
  • तामाङले शिवबहादुर खड्कालाई जग्गा बेचेर आएको कमिसनबापतको रकम नदिएको रिसमा अपहरण गरी बन्धक बनाई राखेकाले तामाङविरुद्ध खड्काले जाहेरी दिएकामा अदालतले उक्त फैसला सुनाएको थियो ।

काठमाडौँ, १३ फागुन , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अपहरण मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले पुनरावेदन अदालत पाटनको मिति २०७० वैशाख ३१ को फैसलाले नौ वर्ष कैद र ५० हजार जरिवाना सुनाएका धादिङका २७ वर्षीय सुनिल तामाङलाई शनिबार सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।

तामाङले शिवबहादुर खड्कालाई जग्गा बेचेर आएको कमिसनबापतको रकम नदिएको रिसमा अपहरण गरी बन्धक बनाई राखेकाले तामाङविरुद्ध खड्काले जाहेरी दिएकामा अदालतले उक्त फैसला सुनाएको थियो ।

पक्राउ परेका तामाङलाई अदालतको आदेशअनुसार आज कैद भुक्तानका लागि जगन्नाथ देवल (केन्द्रीय) कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?