ओली-दाहाल भेटवार्ता सम्पन्न, कुरा मिलेन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १९, २०७७
|
|
२० पटक हेरिएको
Shares
ओली-दाहाल भेटवार्ता सम्पन्न, कुरा मिलेन

सारांश

  • काठमाडौं, १९ साउन ।
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ ।
  • दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ ।

काठमाडौं, १९ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । दुई अध्यक्षबीच आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता बिना निश्कर्ष टुँग्गिएको छ । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार दुई अध्यक्षबीचको आजको छलफल सकारात्मक देखिएको छैन् । दुवै अध्यक्षले आ–आफ्नो अडान कायम राखेका छन्।के प्रचण्डमा साहस हराएकै हो ?
अध्यक्षद्धय ओली र दाहालसँगै आजको छलफलमा पनि बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए । दाहालले स्थायी कमिटी तुरुन्तै राख्नुपर्ने अडान राखेका थिए भने ओलीले आफू स्थायी कमिटी नराख्ने पक्षमा रहेको जिकिर गरेका थिए । ओलीले बरु सचिवालय बैठक राख्न दाहाललाई आग्रह गरेका छन् । दुई अध्यक्षबीच भोलि पनि छलफल हुने बुझिएको छ । ाष्भि उजयतय

दाहाललाई चुनावी सरकारको नेतृत्व गर्न दिन ओली तयार, भोलि ठोस सहमति हुँदै

सचिवालयमा ओलीको बहुमत पुगेपछि प्रचण्ड–नेपाल तनाबमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?