यी पाँच शक्तिले परिवर्तन गर्छन विश्व?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२० पटक हेरिएको
Shares
यी पाँच शक्तिले परिवर्तन गर्छन विश्व?

सारांश

  • बीबीसी।
  • विश्वमा भइरहेको परिवर्तन अध्ययन गर्ने लेखक जेफ देजाख्दाका अनुसार ९० को दशकमा आएको इन्टरनेट प्रविधि त्यो अन्तिम वस्तु थियो जसले विश्व अर्थव्यवस्था र मानव जातिलाई पूरै परिवर्तन गरिदियो।
  • देजाख्दा यतिबेला आफ्नो नयाँ किताब ‘भिजुअलाइजिङ चेन्ज– अ डेटा ड्रिभेन स्न्यापशट अफ आवर वल्र्ड’ को सम्पादन गरिरहेका छन्।

बीबीसी। विश्वमा भइरहेको परिवर्तन अध्ययन गर्ने लेखक जेफ देजाख्दाका अनुसार ९० को दशकमा आएको इन्टरनेट प्रविधि त्यो अन्तिम वस्तु थियो जसले विश्व अर्थव्यवस्था र मानव जातिलाई पूरै परिवर्तन गरिदियो।
देजाख्दा यतिबेला आफ्नो नयाँ किताब ‘भिजुअलाइजिङ चेन्ज– अ डेटा ड्रिभेन स्न्यापशट अफ आवर वल्र्ड’ को सम्पादन गरिरहेका छन्। यो किताबमा विश्वमा भइरहेको दीर्घकालीन परिवर्तनमाथि प्रकाश पारिएको छ। देजाख्दाका अनुसार इन्टरनेटले विश्वलाई त्यसरी परिवर्तन गरिदियो जसरी १५ औं शताब्दीमा निकोलस कोपरनिकसको ब्रम्हाण्ड मोडलले विश्वभर असर देखाएको थियो।
कोपरनिकसको यो मोडलमा ब्रम्हाण्डसँग जोडिएका त्यस प्रकारको सोचलाई चुनौती दिएको थियो, त्यतिबेला के मान्यता थियो भने पृथ्वी ब्रम्हाण्डको केन्द्रमा अवस्थित छ। यद्यपी प्रविधिको क्षेत्रमा अन्वेशणलाई परिवर्तनको वाहक मानिन्छ।
तर व्यापारिक मोडल, उपभोक्तको मानसिकतामा परिवर्तन र अन्तर्राष्ट्रिय राजनीति जस्ता तत्वले पनि धेरै परिवर्तन ल्याउन सक्छन्।
देजाख्दा भन्छन्, ‘विश्व परिवर्तन गर्न सक्ने बस्तु कुनै पनि दिशाबाट आउन सक्छ। यसमा कुनै शंका छैन की भोलि ल्याउने ठूलो परिवर्तनले आजै कँही न कँही जन्म दिएको हुनसक्छ।’
देजाख्दा र उनको टीमका अनुसार ती सात शक्तिले आगामी दिनमा विश्व अर्थव्यवस्थाको रुप नै परिवर्तन गर्न सक्छन्।

१) प्रावधिक क्षेत्रका महारथी
कयौं देशसम्म विश्वका तमाम ठूला कम्पनिले औद्योगिक स्तरमा उत्पादन गर्नेदेखि लिएर प्राकृतिक संशाधन हासिल गर्ने दिशामा काम गरेका छन्।
अमेरिकी कार निर्माता कम्पनी फोर्ड, जनरल इलेक्ट्रिक र तेल क्षेत्रको कम्पनी एक्सन यस्तै केही कम्पनीमा शामेल छन्। त्यस बाहेक आर्थिक सेवा र टेलिकम क्षेत्रका कम्पनीको पालो आयो। तर अहिले सूचना क्रान्तिको पालो छ। र विश्वको शेयर बजारमा सबैभन्दा मुख्य कम्पनी प्राविधि क्षेत्रका कम्पनी छन्।
सन् २०१८ को पहिलो तीन महिनामा एप्पल, गुगल, माइक्रोसफ्ट र टेनसेन्ट सबैभन्दा प्रभावशाली कम्पनी भइरहे। तर पाँच वर्ष पहिला सबैभन्दा मुख्य कम्पनीको सूचीमा केलव एप्पल मात्रै थियो।

२) चीनको उन्नती
चीनको आर्थिक प्रगतिलाई लिएर पहिला पनि चर्चा भइसकेको छ। तर देजाख्दा चीनको आर्थिक र प्राविधिको विकासले सबैको ध्यान आफ्नोतर्फ केन्द्रित गरेको छ।चीनका केही शहरको आर्थिक उत्पादन यति धेरै छ, कि ती शहरको उत्पादन अन्य धेरै देशको आर्थिक उत्पादन भन्दा धेरै छ। यतिबेला चीनमा १०० भन्दा धेरै शहरमा दश लाख भन्दा धेरै जनसंख्या छ।
चीनको येंगत्सी नदीको निकारमा रहेको शहर संघाई, सूजो, खांग्जो, वुशी, नेनटान्स, नेजजिङ, चांगजो यही विकासका उदाहारण हुन्।
यी शहरको भौतिक विकास यसको आर्थिक विकाससँगै अगाडि बढिरहेको छ। २०३० सम्म चीन अमेरिकलाई पछि पार्दै विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक बन्ने बताइन्छ।

३) विशाल शहरको सुरुवात

्तर त्यस्तो पनि होइन की चीन विश्वको एकमात्र यस्तो देश हो जहाँ शहरको विकास भइरहेको छ। आगामी केही दशकमा शहरको संख्यामा निकै तिव्रतासँग बृद्धि हुने र विश्व अर्थव्यवस्था परिवर्तन हुने निश्चित छ।
संयुक्त राष्ट्रसंघका अनुसार चीन र केही पश्चिमा मुलुकमा जन्मदरमा स्थिरता देखिएको छ। उता अफ्रिकी र केही एसयाली मुलुकमा जनसंख्या बढ्नुकासाथै तीव्र गतिमा शहरीकरण भइरहेको छ।
यसरी हेर्दा कयौं शहर अस्तित्वमा आउने छन् र जहाँ बस्ने जनसंख्या एक करोड भन्दा धेरै हुनेछन्। संयुक्त राष्ट्रसंघका अनुसार गत वर्ष यस्ता शहरको संख्या ४७ थिए।
एक अनुमानका अनुसार यो शताब्दीको अन्तिमसम्ममा अफ्रिकामा १३ यस्ता शहर अस्तित्वमा आउँदैछन् जुन शहर न्युयोर्क सिटी भन्दा पनि ठूला हुनेछन्।

४ ऋणमा बृद्धि

देजाख्दाको कम्पनी भिजअल क्यापिटलिस्टका अनुसार यतिबेला विश्वभरमा ऋणको मूल्य २४० ट्रिलियन डलर छ। यो मध्ये ६३ ट्रिलियन डलर ऋण अमेरिकी सरकारको हो।
जीडीपीको अनुपातमा जापानमाथि २५३ प्रतिशत ऋण छ भने अमेरिकामाथि १०५ प्रतिशत ऋण छ। यदि जापान, चीन र अमेरिकालाई मिलाउने हो भने तीन देशको कुल ऋण पूरै विश्वको ऋणको ५८ प्रतिशत हुन्छ।
अमेरिका, युरोप र केही उन्नती गरिरहेका अर्थव्यवस्था भएका मुलुकले आफ्नो ऋण बढाएका छन्। किनभने केही वर्ष पहिला एक समय यस्तो आयो की जब उनीको आफ्नो ब्याजदर किनै कम थियो। तर अन्तर्राष्ट्रिय मुद्रा कोषले यति धेरै ऋण भएपछि चेतावनी नै जारी गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शैलेशसँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ दिएकी युवती नै फरार भएपछि…
शैलेशसँग विवाह गर्न नपाए ‘आत्महत्या गर्ने’ दिएकी युवती नै फरार भएपछि…
यसकारण प्रधानमन्त्री र मन्त्रीले अपांगता भएकालाई भर्ना गर्न सकेनन्,
यसकारण प्रधानमन्त्री र मन्त्रीले अपांगता भएकालाई भर्ना गर्न सकेनन्,
सङ्घीय संसद्को वर्षे अधिवेशन आजदेखि
सङ्घीय संसद्को वर्षे अधिवेशन आजदेखि
केशव भट्टराईले गरे पद वहाली
केशव भट्टराईले गरे पद वहाली
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
कश्मीरको विशेष मान्यता खोसिएपछि भारतका अन्य राज्यको भविष्यबारे चिन्ता
निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश
निर्मला पन्त हत्या प्रकरणः कांग्रेसद्धारा संसदमा संकल्प प्रस्ताव पेश
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
Karnali province struggles without food grains every year, but no redress
Karnali province struggles without food grains every year, but no redress
उखु किसानले अनुदान नपाउँदा आन्दोलनका कार्यक्रम घोषणा
उखु किसानले अनुदान नपाउँदा आन्दोलनका कार्यक्रम घोषणा
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : सांसद गौतम
साँखु र बज्रयोगिनी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल थालियोस् : सांसद गौतम

तपाईंले छुटाउनुभयो कि?