अफ्रिकामा चिनियाँ लगानीको रेल
सारांश
- केन्यामा तटीय शहर मोम्बासा र राजधानी नाइरोबी जोड्न बनाइएको नयाँ रेलमार्ग निर्धारित समय भन्दा १८ महिना पहिले नै सञ्चालनमा आएको छ।
- राष्ट्रपति उहुरु केन्याटाले उद्घाटनका बेला ३.
- २ अर्ब डलरको चिनियाँ सहयोगमा बनेको रेलमार्गले देशमा नयाँ अध्याय शुरु गरेको बताए।
केन्यामा तटीय शहर मोम्बासा र राजधानी नाइरोबी जोड्न बनाइएको नयाँ रेलमार्ग निर्धारित समय भन्दा १८ महिना पहिले नै सञ्चालनमा आएको छ।
राष्ट्रपति उहुरु केन्याटाले उद्घाटनका बेला ३.२ अर्ब डलरको चिनियाँ सहयोगमा बनेको रेलमार्गले देशमा नयाँ अध्याय शुरु गरेको बताए।
उनले रेलमार्ग बिथोल्न खोज्नेलाई प्राणदण्ड दिन आदेश दिने बताए।
यो स्वतन्त्रतायताकै केन्याको सबभन्दा ठूलो भौतिक संरचना आयोजना हो।
लक्ष्य
४७० किलोमिटर लामो रेलमार्गले अन्तत: भूपरिवेष्ठित मुलुकहरु दक्षिण सुडान, पूर्वी कङगो गणतन्त्र, रुवाण्डा, बुरुण्डी र इथियोपियालाई हिन्द महासागरसँग जोड्ने लक्ष्य राखिएको छ।
रेलमार्गलाई २५० किलोमिटर थप गरेर केन्याको मध्यभागमा रहेको नैभाषा शहरबाट किसुमुसम्म पुर्याउन गत हप्ता चीनबाट थप ३.६ अर्ब डलर सहयोग पाउने सहमति भैसकेको छ।
आगामी अगष्ट महिनामा हुने चुनावमा दोश्रो कार्यकालका लागि उम्मेदवार बन्ने घोषणा गरेका केन्याटाले विकासका कामको प्रचार प्रसार गरेका छन्।
उनले भने, “ब्रिटिशहरुले यो देशलाई आफ्नो साम्राज्य बनाएको बेला १२२ वर्ष अगाडि शुरु भएको इतिहास, त्यसबेला शुरु भएको ‘लुनाटिक एक्सप्रेस’ रेल कतै पुगेन।”
“थुप्रै आलोचनाकाबीच हामी नयाँ मदारका एक्सप्रेस बनेर त्यसको खुशीयाली मनाउन पाएका छौं जसले केन्याको कथालाई आगामी सय वर्षसम्मका लागि पुन:परिभाषित गर्नेछ।”
विरोध

आयोजना असाध्यै महँगो भएको र त्यसले दिने आर्थिक फाइदाको बढाइचढाइ गरिएको भन्दै विपक्षीहरुले त्यसको विरोध गरेका छन्।
सरकारले विदेशी लगानी भित्र्याउन भौतिक संरचना आवश्यक रहेको बताउँदै आएको छ।
सोमबार प्रहरीले रेलमार्गको एउटा अंश तोडफोड गरेको भनेर तीनजनालाई गिरफ्तार गरेको थियो। उनीहरुमाथि आर्थिक आत्मघात गरेको आरोप लगाइएको छ।
राष्ट्रपति केन्याटाले यस्ता गतिविधि सह्य नहुने बताए।
उनले भने, “म राष्ट्रपति भएकाले मैले कानून बनाउन पाउँछु……त्यस्ता संरचना नाश गर्नेलाई …..झुण्याउने काननू पारित गर्छु।”
प्रतिक्रिया