स्मरणशक्ति दोब्बर बनाउने अचम्मको च्याउ !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
५० पटक हेरिएको
Shares
स्मरणशक्ति दोब्बर बनाउने अचम्मको च्याउ !

सारांश

  • दक्षिण अफ्रिकामा पाइने एक प्रकारको च्याउलाई प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
  • यो च्याउ सेवन गरेपछि मानिस तथा जनावरलाई एक प्रकारको अनौठो शक्ति प्राप्त हुने भएकाले यस्तो प्रतिबन्ध लगाइएको हो ।
  • वैज्ञानिक नाम ‘सिलोसिव क्युवेन्सीस’ भनिने यो च्याउ ‘साइकेडेलिक’ प्रजातिमा पर्ने वैज्ञानिकहरुले बताएका छन् ।

दक्षिण अफ्रिकामा पाइने एक प्रकारको च्याउलाई प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यो च्याउ सेवन गरेपछि मानिस तथा जनावरलाई एक प्रकारको अनौठो शक्ति प्राप्त हुने भएकाले यस्तो प्रतिबन्ध लगाइएको हो । वैज्ञानिक नाम ‘सिलोसिव क्युवेन्सीस’ भनिने यो च्याउ ‘साइकेडेलिक’ प्रजातिमा पर्ने वैज्ञानिकहरुले बताएका छन् । यस्तो च्याउमा मस्तिष्कलाई अत्यन्तै सक्रिय गर्ने तत्वहरु पाइने उनीहरुले बताएका छन् । दक्षिण अफ्रिकामा यस च्याउलाई युवाहरुले लागुपदार्थकोरुपमा दुरुपयोग गर्न थालेपछि टिप्न, बेच्न र सेवन गर्न प्रतिबन्ध लगाइएको छ ।

तर स्थानीय अभियन्ता मोनिका क्रामहुटले यो च्याउको सेवनले उनलाई ज्योतिष विद्या सिक्न सहयोग भएको बताएकी छिन् । स्थानीय बासिन्दाले च्याउबारे गरेका मिथकहरु साँचो भएको र ती च्याउमा मस्तिष्कको क्रियाशीलतालाई अद्वितीय ढंगले बढाइदिने तत्वहरु पाइने वैज्ञानिकहरुले उल्लेख गरेका छन् । वैज्ञानिकहरुले यस च्याउबारे विभिन्न प्रयोगशाला, मानिस र जनावारहरुमा परीक्षणसमेत गरिसकेका छन् । यसमा पाइने तत्वले मति भ्रम गर्ने, उत्साह र कल्पना नै गर्न नसकिने लक्षणहरु देखापर्दछन् । अर्थात् हामीले गर्ने कल्पना, बौद्धिकता, स्मरणशक्तिको क्षमता दोब्बर बनाइदिन्छ ।

सन् २०१४ मा किंग्स कलेज अफ लन्डनका १६ जना वैज्ञानिकहरुले गरेको अध्ययनअनुसार यस च्याउको सेवन गरेपछि मस्तिष्कले गर्ने कार्यलाई सपनामा मानिसले देखेको कल्पनासँग तुलना गरिएको छ । वैज्ञानिकहरुले यस च्याउको सेवनले मानिसहरुलाई फाइदा गर्ने बताएका छन् । उनीहरुकाअनुसार विशेषगरी मनोवैज्ञानिक समस्या भएका मानिसहरुलाई औषधिकोरुपमा प्रयोग गर्न सकिन्छ । सन् २०१३ मा गरिएको एक अध्ययनअनुसार यस च्याउको सेवनले मानिसहरुले सजिलै आफ्नो डरलाई नियन्त्रण गर्नसक्ने उल्लेख गरिएको छ । यस च्याउलाई ती अध्ययनकर्ताहरुले डर भगाउने च्याउको रुपमा प्रस्तुत गरेका छन् । ‘इन्टरनेसनल जर्नल अफ मेडिसिनल मसरुम’ले सन् २००५ मा गरेको अध्ययनमा विश्वभर कम्तीमा पनि १४४ थरिका च्याउमा यस्तो अद्वितीय क्षमता रहेको उल्लेख गरेको छ । त्यसमध्ये कमैमात्र पाइने दुर्लभ र धेरै शक्ति भएको दक्षिण अफ्रिकामा चार थरिका रहेको उल्लेख गरिएको छ ।

(https://punandjokes.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनुस् : प्रधानमन्त्री दाहाल
वैदेशिक रोजगारीमा जाने युवालाई दुःख नदिनुस् : प्रधानमन्त्री दाहाल
केरुङ–काठमाडौं रेलमार्ग, छैन नेपालको चासो
केरुङ–काठमाडौं रेलमार्ग, छैन नेपालको चासो
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा
युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै
खाना खानसाथ तुरुन्त यो ६ काम भुलेरपनि नगर्नुहोस्
खाना खानसाथ तुरुन्त यो ६ काम भुलेरपनि नगर्नुहोस्
नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
अष्ट्रेलियाको तेक्वान्दो नेशनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
गीत संगीत ले मनोरन्जन मात्रै हैन राष्ट्रभक्ती को उत्शाह जगाउँछ – गृहमन्त्री शर्मा ( भिडियो सहित )
परित्यक्तहरुप्रति संवेदना जगाउँदै ‘करुणा’
परित्यक्तहरुप्रति संवेदना जगाउँदै ‘करुणा’