एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ४, २०७६
|
|
३९ पटक हेरिएको
Shares
एक सय गोही राप्तीमा छाडियो, गाेहीकाे संख्या कति ?

सारांश

  • चितवन।
  •   चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ।
  • यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ।
चितवन।  चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ। यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ।
 
विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो। अन्दाजी पाँच वर्ष उमेरका गोही नदीमा छाडिएको उनले बताए। प्रजनन केन्द्रमा हाल ४०० हाराहारीमा गोही रहेका छन्।
खड्काका अनुसार यसै वर्षका बच्चादेखि ४० वर्ष उमेरसम्मका गोही प्रजनन केन्द्रमा रहेका छन्। सोही प्रजनन केन्द्रमा हुर्काएर हालसम्म विभिन्न नदीमा एक हजार ४६५ गोहीलाई छाडिएको छ। निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० गोही छाडिसकिएको छ। नदीमा गोही छाड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन्।
 
सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो। ठूलो सङ्ख्यामा हुर्काएका छाडिने भए पनि नदीमा सङ्ख्या विस्तार भने हुनसकेको छैन।
 
नेपालका नदीहरूमा छाडिएका गोही पानीसँग भारत पुग्ने गरेका छन्। गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन्। जसका कारण नेपालमा हुर्काएर नदीमा छाडेका गोही भारत पुग्ने गरेका हुन्। नदीहरू प्रदुषण बन्दै जाँदा पनि सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ। हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड
पूर्वराष्ट्रपति भण्डारीबाट सुशासन र सहज सेवा प्रवाहमा जोड
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु
टीपर को ठक्करबाट मोटरसाईलमा सवार एक जनाको मृत्यु
ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु, होला त ‘डेट फिक्स’ ?
ओली–प्रचण्डबीच ‘वान टू वान’ वार्ता सुरु, होला त ‘डेट फिक्स’ ?
स्वबियु चुनाब जित्न अनेरास्वबियु क्पाम्पस क्याम्पसमा
स्वबियु चुनाब जित्न अनेरास्वबियु क्पाम्पस क्याम्पसमा
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
२ वटा कुकुर उपहार पाएका गृहमन्त्री थापा कति धनी छन् ?
बाबुराम भट्टराईलाई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
बाबुराम भट्टराईलाई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
ब्याडमिन्टन प्रतियोगितामा नेपालका जेसिका र रशिलालाई बङ्गलादेशमा रजत
ब्याडमिन्टन प्रतियोगितामा नेपालका जेसिका र रशिलालाई बङ्गलादेशमा रजत