प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २, २०८०
|
|
३५ पटक हेरिएको
Shares
प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि

सारांश

  • काठमाडौं ।
  • प्रजातन्त्रप्रति आस्था राख्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिको साझा मञ्च प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन जेठ ३ गते बुधबारदेखि हुने भएको छ ।
  • समाजले आज पत्रकार सम्मेलन गरी समाजको २५औँ केन्द्रीय साधारणसभा तथा १२औँ राष्ट्रिय महाधिवेशन जेठ ३ र ४ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

काठमाडौं । प्रजातन्त्रप्रति आस्था राख्ने विभिन्न पेशा व्यवसायमा आबद्ध व्यक्तिको साझा मञ्च प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन जेठ ३ गते बुधबारदेखि हुने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरी समाजको २५औँ केन्द्रीय साधारणसभा तथा १२औँ राष्ट्रिय महाधिवेशन जेठ ३ र ४ गते काठमाडौंमा आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले प्रजातन्त्रको मुलभूत आदर्श र मान्यताको अभिवृद्धि गराउँदै संसदीय शासन प्रणाली तथा बहुदलीय प्रजातन्त्रलाई सुदृढीकरण गराउने उद्देश्यले स्थापना भएको समाजले १२औँ महाधिवेशन गर्न लागेको जानकारी दिए । ‘भ्रष्टाचारको विरुद्धमा चट्टानी अडान लिँदै आएको समाज पार्टीको विचारभन्दा माथि उठेर सङ्गठित वैचारिक नागरिक समाजका रूपमा अगाडि बढ्दै आएको छ’, उनले भने । बुधबारदेखि सुरु हुने महाधिवेशनमा देशभरका ६० भन्दा बढी जिल्लाका तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने समाजका महासचिव गोकर्ण अर्यालले जानकारी दिए ।

महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले विसं २०५२ मा स्थापना भएको समाजले प्रत्येक वर्ष लोकतान्त्रिक योद्धा सम्मानबाट विभिन्न व्यक्तिलाई सम्मान गर्दै आएको जानकारी दिनुभयो । समाजले यसअघि लोकतान्त्रिक योद्धा सम्मानबाट सुन्दरराज चालिसे, हसनादेवी, सुशीला कोइराला, भीमबहादुर तामाङ, बलबहादुर राई, द्वारिकादेवी ठकुरानी, कुलबहादुर गुरुङ, इन्द्रकान्त मिश्र, चक्रप्रसाद बाँस्तोला, पुरुषोत्तम बस्नेत, नूतन थपलिया, मैयादेवी श्रेष्ठ, कमल चित्रकार र होमनाथ दाहाललाई सम्मानित गरिसकेको छ ।

यस वर्षको लोकतान्त्रिक योद्धा सम्मान–२०८० बाट डा सुरेश मल्ललाई सम्मान गरिने वरिष्ठ उपाध्यक्ष वाग्लेले बताए । पत्रकार सम्मेलनमा मानव अधिकारकर्मी सुदीप पाठकले सही र सशक्त विचारले नै समाजलाई नेतृत्व प्रदान गर्ने बताए । विचार र मन्थन गरेर राज्यलाई मार्गदर्शन गर्न प्रजातान्त्रिक विचार समाजले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदै
राष्ट्रपति भण्डारी थाइल्याण्ड र श्रीलंका भ्रमणमा जाँदै
गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने
गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
विकास खर्च सुधार्न भन्दै विश्व बैंकले दियो १ अर्ब ६४ करोड
बैशाख ७ गते आइतबारको राशिफल यस्तो छ
बैशाख ७ गते आइतबारको राशिफल यस्तो छ
अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको  मृत्यु, पाँच जना अझै बेपत्ता
अपडेटः बेगनासताल डुंगा दुर्घटनामा एकको मृत्यु, पाँच जना अझै बेपत्ता
बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा
बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा
माइत जाँदा भाईलाई आरती,फर्किदा श्रीमानलाई दागबत्ति !
मेरो विश्वविद्यालय माओवादी र राप्रपा नै हो: रेखा थापा
मेरो विश्वविद्यालय माओवादी र राप्रपा नै हो: रेखा थापा
सुन काण्डका नाइके ‘गोरे’लाई डिआइजी निरौलाले यसरी भगाए

तपाईंले छुटाउनुभयो कि?