झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो

सारांश

  • काठमाडौं, १८ माघ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको यो एक वर्षमा विकास र समृद्धिको लहर नै आएको दाबी गरेका छन् ।
  • गृहजिल्ला झापा पुगेर ओलीले यस्तो दाबी गरेका हुन् ।

काठमाडौं, १८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको यो एक वर्षमा विकास र समृद्धिको लहर नै आएको दाबी गरेका छन् । गृहजिल्ला झापा पुगेर ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने पनि बताएका थिए । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रधानमन्त्री ओलीले अब कसैले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताएका हुन् । उनले भने,“सरकारले चौतर्फी तीव्रगतिले काम गरेको छ, त्यसैले अब कसैले पनि देशको चिन्ता लिने दिन आउँदैन ।”

झापाको दमक नगरपालिकाले बिहीबारदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बालमहोत्सवको उद्घाटन गर्दै ओलीले वर्तमान सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्ने जोड दिएका हुन् ।

सरकारले ‘सुखी नेपाली र समृद्धि नेपाल’को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै योजना भएको उनको जिकिर थियो । प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको पनि विश्वास दिलाए ।

(Modafinil Smart Drug)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाकाे बेठकले सांसद रामबीर मानान्धरबारे यस्ताे गर्याे निर्णय
नेकपाकाे बेठकले सांसद रामबीर मानान्धरबारे यस्ताे गर्याे निर्णय
चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने
चुडामणी शर्मालाई सर्वोच्चको थुनामुक्त गर्न आदेश, थुनामुक्त भएपनि सुनुवार्इ जारी रहने
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
यू–१९ विश्वकप छनोट आजदेखि : छनोट हुने नेपालको लक्ष्य
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
पूर्व आईजीपी  खनाल  एमालेमा प्रवेश
पूर्व आईजीपी खनाल एमालेमा प्रवेश
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए
वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए
एसईईको नतिजा प्रकाशनमा देखिएको गल्ती छानबिन गर्न समिति गठन
केरुङ काठमाडौ रेलमार्गको तेस्रो नियमित बैठक आज
केरुङ काठमाडौ रेलमार्गको तेस्रो नियमित बैठक आज
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित
पारसले मौका नपाएको खेलमा टिम आबुधाबी पराजित

तपाईंले छुटाउनुभयो कि?