बर्डफ्लुका कारण नेपालमा पहिलोपटक एक युवकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
१८ पटक हेरिएको
Shares
बर्डफ्लुका कारण नेपालमा पहिलोपटक एक युवकको मृत्यु

सारांश

  • काठमाडौं ।
  • नेपालमा पहिलो पटक बर्डफ्लुका कारण एक युवकको मृत्यु भएको छ ।
  • बर्डफ्लु (एच फाइभ एन वान) का कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको बताइएको छ ।

काठमाडौं । नेपालमा पहिलो पटक बर्डफ्लुका कारण एक युवकको मृत्यु भएको छ । बर्डफ्लु (एच फाइभ एन वान) का कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको बताइएको छ ।
बर्ड फ्लु नेपालमा मानिसमा पुष्टि भएको यो पहिलो घटना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

गत चैत १० मा ती युवा ज्वरो र खोकीका कारण बिरामी परी सुतेका थिए । लक्षण देखिएपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए। स्वास्थ्य जाँच पपछि परीक्षणको लागि र्याल लिएर परीषण गरिएको थियो ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचपछि चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइएको थियो । त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो। अस्पताल रहेका उनको स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उपचारका क्रममा मृत्यु भएको थियो ।

बिरामीको नमुना परीषणको नतिजा बैशाख १७ मा नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको किटान गरिएको थियो । मृतकको नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?