समाजसेवामा तल्लिन अन्दिप आचार्य

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
१६ पटक हेरिएको
Shares
समाजसेवामा तल्लिन अन्दिप आचार्य

सारांश

  • लण्डनमा गोर्खा किचन नामको रेष्टुरेन्टका सञ्चालक हुन् अन्दिप आचार्य ।
  • लण्डनको उनको व्यवसाय राम्रैसँग चलिरहेका छ ।
  • लण्डनको भौतिक सुखसुविधामा बसे पनि उनलाई कतिबेला नेपाल पुगौँ भइरहन्छ ।

लण्डनमा गोर्खा किचन नामको रेष्टुरेन्टका सञ्चालक हुन् अन्दिप आचार्य । लण्डनको उनको व्यवसाय राम्रैसँग चलिरहेका छ । लण्डनको भौतिक सुखसुविधामा बसे पनि उनलाई कतिबेला नेपाल पुगौँ भइरहन्छ । त्यसैले पनि उनी ६ महिनाको एकपटक नेपाल आइरहन्छन । विश्वकै महंगो मध्येको एक डाविट्सन बाइक राइडरको अर्को परिचय पनि अन्दिपसँग जोडिएको छ ।

सामाजिक कार्यमा अत्यन्तै रुची राख्ने उनी नेपाल आउँदा असहाय अनाथ बालबच्चा तथा वृद्धको सेवामा जुट्ने गर्छन् । नेपाल आएका बेला असाहय बच्चाहरुलाई पिकनिक लाने र वृद्धवृद्धालाई खाना खुवाउने जस्ता गतिविधिमा सरिक हुन उनी कहिल्यै छुटाउँदैनन् । उनलाई नजिकबाट चिन्नेहरु उनको समाज सेवा प्रतिको रुची देखेर छक्कै पर्छन् ।

अन्दिप काठमाडौका सडक कुकुरको सेवामा जुटेकी सिर्जना ठकुरीलाई आफ्नो हिरो मान्छन् । उनले सिर्जना ठकुरीको अभियानलाई सहयोग पुर्याउनका लागि यो पटक ५६ हजार रुपैयाँ सहयोग गरे । उनले सहयोग गरेको रकम कुकुरको खाना र औषधीका लागि खर्च हुने उनले बताए । यो सानो रकम भए पनि सामाजिक उत्तरदायित्व महशुष गरेर सहयोग गरेको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?