राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ५, २०७९
|
|
१६ पटक हेरिएको
Shares
राष्ट्रिय युवा संघको नवौं महाधिवेशन २७ देखि २९ चैतसम्म बाँकेमा

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ ।
  • संघले आज जारी गरेको सर्कुलरअनुसार संघको नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना गर्ने जनाएको छ ।

काठमाडौं । राष्ट्रिय युवा संघले नवौं महाधिवेशन आगामी २७ देखि २९ चैतसम्म बाँकेमा गर्ने निर्णय गरेको छ ।

संघले आज जारी गरेको सर्कुलरअनुसार संघको नवौं राष्ट्रिय महाधिवेशन २७ देखि २९ चैतसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना गर्ने जनाएको छ । संघका अध्यक्ष किरण पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन भएको छ ।

यस्तै, आगामी फागुनमसान्तभित्र अनिवार्य रुपमा सम्पूर्ण मातहत कमिटी (वडा, पालिका र जिल्लां) को अधिवेशन सम्पन्न गर्ने पनि भएको जनाइएको छ ।

२ माघमा सम्पन्न केन्द्रीय पदाधिकारी बैठकले मातहत कमिटी अधिवेशनलाई भव्य, प्रभावकारी तथा परिणाममूखी बनाउनका निम्ति वैधानिक व्यवस्थाका अलावा साउन ०७९ मा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पुर्ण बैठकबाट परित मातहत कमिटी अधिवेशन निर्देशिका तथा कार्यविधि लाई विशेष आधार बनाउनुपर्ने निर्णय समेत गरेको छ ।

​​​​​​​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?