नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा
सारांश
- काठमाडौं, पुस २० ।
- नेपाली सेनाका जर्नेल रमेश बिष्टमाथि सैनिक अदालतमा मुद्दा चलेको छ ।
- कृषि विकास बैंकमा काम गर्ने महिलासँग मिलेर करोडौं रकम आफ्नो खातामा ट्रान्सफर गराएको आरोपमा बिष्टमाथि मुद्दा चलेको हो ।
काठमाडौं, पुस २० । नेपाली सेनाका जर्नेल रमेश बिष्टमाथि सैनिक अदालतमा मुद्दा चलेको छ । कृषि विकास बैंकमा काम गर्ने महिलासँग मिलेर करोडौं रकम आफ्नो खातामा ट्रान्सफर गराएको आरोपमा बिष्टमाथि मुद्दा चलेको हो ।
कृषि विकास बैंक न्युरोड शाखामा कार्यरत दिपिका रेग्मीले बिष्टको खातामा ३२ लाख रुपैयाँ ट्रान्सफर गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । विष्टलाई सैनिक हिरासतमा लिएर अनुसन्धान थालिएको स्रोतले जनाएको छ ।
बैंकको करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि दिपिकालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । अनुसनधानमा दिपिकाले बिष्टको खातामा पैसा ट्रान्सफर गरिदिएको पुष्टि भएको हो ।
बिष्टलाई उपत्यका प्रितना नारायणहिटीमा राखेर बयान लिइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया