प्रहरी हिरासतका चार बिरामी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रहरी हिरासतका चार बिरामी

सारांश

  • कञ्चनपुर, २० पुस ,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका चार जना बिरामी परेका छन् ।
  • कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिको आयोजनामा प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा बिहीबार पक्राउ परेका चार जना बिरामी परेका हुन् ।
  • बिरामी परेका ६५ वर्षीय रामनाथ योगी, ७९ वर्षीय कमलापती भट्ट, ७७ वर्षीय प्रताप धाँमी र ६९ वर्षीय मन्दिर विष्टलाई जिल्ला प्रहरी कार्यालयले महाकाली अञ्चल अस्पतालमा उपचार गरेको छ ।

कञ्चनपुर, २० पुस ,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा रहेका चार जना बिरामी परेका छन् ।

कञ्चनपुर खोका छाप्रा तथा उद्धार समितिको आयोजनामा प्रशासनमा ज्ञापनपत्र बुझाउन जाने क्रममा बिहीबार पक्राउ परेका चार जना बिरामी परेका हुन् ।

बिरामी परेका ६५ वर्षीय रामनाथ योगी, ७९ वर्षीय कमलापती भट्ट, ७७ वर्षीय प्रताप धाँमी र ६९ वर्षीय मन्दिर विष्टलाई जिल्ला प्रहरी कार्यालयले महाकाली अञ्चल अस्पतालमा उपचार गरेको छ ।

चिसोका कारण उनीहरु बिरामी परेका महाकाली अञ्चल अस्पतालले जनाएको छ । महाकाली अञ्चल अस्पतालका डा वैभव भट्टले चारै जनाको उपचार गरिएको बताउनुभयो ।

उपचारका लागि ल्याइएका चारै जनाको अवस्था बिहीबार साँझ ४ बजेसम्म सामान्य रहेको छ । डा भट्टका अनुसार रामनाथ योगीको मुटुको शल्यक्रिया गरिएकाले उहाँलाई चिसोबाट बचाउनुपर्ने देखिएको छ ।

भट्टलाई ग्याष्ट्रिक, धाँमीको श्वासप्रश्वासमा समस्या र विष्टको टाउको दुखेको चिकित्सक भट्टको भनाइ छ । डा भट्टले चारै जनालाई न्यानो ठाउँमा राख्नुपर्ने सुझाव दिनुभएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

बेलडाँडी गाउँपालिकाका १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई नगद रकमसहित बिहीबार सम्मनित गरिएको छ ।

गाउँपालिकाको वडा नं १ को कार्यालयले निःस्वार्थ सेवा भावनाले सेवामा संलग्न महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै दोसल्लासहित जनही रु तीन हजारका दरले सम्मान गरेको हो । निःस्वार्थ भावका साथ खटेर स्वास्थ्य जस्तो गम्भीर विषयमा पु¥याएको सहयोगको प्रशंसा गर्दै मनोबल उच्च राख्नका लागि सम्मानित गरिएको वडाध्यक्ष अम्मरबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?