अब चुनाव रोकिँदैन: प्रमुख निर्वाचन आयुक्त
सारांश
- प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले वैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन/कानून प्राप्त भएकाले अब चुनाव नरोकिने बताएका छन् ।
- प्रमुख आयुक्त यादवले निर्वाचनका लागि तयारी तिव्र पारेको समेत बताएका छन् ।
- उनले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुले पनि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले वैशाख ३१ गते गर्ने स्थानीय तहको निर्वाचनको लागि चाहिने सबै सामाग्री, ऐन/कानून प्राप्त भएकाले अब चुनाव नरोकिने बताएका छन् ।

प्रमुख आयुक्त यादवले निर्वाचनका लागि तयारी तिव्र पारेको समेत बताएका छन् । उनले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरुले पनि आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त यादवले निर्वाचन स्ुनिश्चित गर्न दलहरुवीच देखिएका सबैखाले विमति र असन्तुष्टिहरुलाई सहमतिमा परिणत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘त्यसका लागि सरकार र प्रमुख दलहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’
‘मोर्चा चुनावमा आउँछ’
प्रमुख आयुक्त यादवले मधेसी मोर्चा अन्तिमसम्म चुनावमा आउने विश्वास व्यक्त गरे । उनले भने, ‘मधेशी मोर्चाले ०६४ सालमा पनि चुनावमा भाग नलिने निर्णय गरेको थियो, पछि चुनावमा आएको थियो । यसपटक पनि उहाँहरुले स्थानीय तहको निर्वाचनमा भाग लिनुहुन्छ ।’
यादवका अनुसार आयोगले मतदाता नामावली प्रकाशन अन्तिम चरणमा पुर्याएको छ भने, ‘मतदाता केन्द्र पुनरावलोकन काम भैरहेको छ । प्रमुख आयुक्त यादवले भने, ‘मतपत्र छाप्ने काम सुरु भएको छ, आयोगले प्राविधिक कामहरु तिव्रताका साथ अघि बढाएको छ ।’
यस्तै गाउँपालिका र नगरपालिकाको मतदान केन्द्र राख्ने काम पनि अन्तिम चरणमा पुगेको यादवले जनाएका छन् । मधेसमा पनि चुनाव गराउन सकिने भन्दै त्यसका लागि सरकारले ध्यान दिनुपर्ने प्रमुख आयुक्तको सुझाव छ ।
प्रतिक्रिया