दिल्लीस्थित इजरायली दूतावासमा बिष्फोट

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०८०
|
|
२३ पटक हेरिएको
Shares
दिल्लीस्थित इजरायली दूतावासमा बिष्फोट

सारांश

  • नयाँदिल्ली।
  • इजरायली दूतावास पछाडि विस्फोट भएको खबर पाएपछि दिल्ली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ।
  • अधिकारीहका अनसिा।

नयाँदिल्ली। इजरायली दूतावास पछाडि विस्फोट भएको खबर पाएपछि दिल्ली प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको छ।

अधिकारीहका अनसिा। दिल्ली पुलिसले मंगलबार साँझ नयाँ दिल्ली जिल्ला स्थित इजरायल दूतावास नजिकै विस्फोट भएको जानकारी प्राप्त गरेको थियो।

प्रहरी स्रोतका अनुसार इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्र इजरायल दूतावास परिसर पछाडिको विस्फोट स्थल नजिकै भेटिएको छ। नयाँ दिल्लीस्थित इजरायली दूतावासले दूतावास नजिकै साँझ ५ः१० बजे विस्फोट भएको पुष्टि गरेकाे छ। दिल्ली पुलिस र सुरक्षा टोलीले अझै पनि स्थितिको अनुसन्धान गरिरहेका छन्।

दिल्ली फायर सर्भिसका अधिकारीहरूका अनुसार हिजो साँझ ५ः४७ बजे आएको थियो र दिल्ली पुलिसको पुलिस कन्ट्रोल रुम (पिसिआर) बाट स्थानान्तरण गरिएको थियो। प्रहरी र दमकलको टोली घटनास्थलमा रहेको र खोजी कार्य जारी रहेको उनले बताए । हाल इजरायली दूतावास नजिकै दिल्ली प्रहरीको क्राइम युनिट र फोरेन्सिक टोलीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दिल्ली फायर सर्भिसका निर्देशक अतुल गर्गले भने, ‘घटनास्थलमा अहिलेसम्म केही पनि फेला परेको छैन।’ यससँगै दिल्ली प्रहरीले पनि अहिलेसम्म कुनै विस्फोटक पदार्थ नभेटिएको तर खोजी कार्य जारी रहेको बताएको छ।

इजरायली दूतावास नजिकै रहेको केन्द्रीय हिन्दी तालिम प्रतिष्ठानमा तैनाथ गार्ड तेजु क्षेत्रीले साँझ करिब पाँच बजे सो घटना भएको बताए। ‘गेटभित्र ड्युटीमा थिए, आवाज आयो, टायर फुटेको जस्तो लाग्यो, केही बेर यता उता हेरे, भित्र केही थिएन, त्यसपछि हामीले बाहिर हेरयौं र रूखको छेउमा धुवाँ उठिरहेको देख्यौं, आवाज निकै चर्को थियो,’ उनले भने।

अहिलेसम्म सो घटनाको जिम्मेवारी कसैले लिएको छैन । तर, प्रहरी अनुसन्धान जारी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?