मेरो देश (कवीता)
सारांश
- पिल पिल अँखा भरी आँशु पारी एक टहकले हेरिरहेछ न भोकले हो,न शाेकले कसरी बुझ्नु उसको मनको कुरा हास्ने त खुशिले नै हास्छ्न तर रुनेका कस्ले बुझ्ने पिंडा !
- मलाई हिँउद लाग्दा नि उस्लाई वर्षा नै छ पानी परे पछिको आकाश त खुल्छ नि तर उस्को आँशु रोकिए पछि पनि अँखामा सधै बादलले ढाकेकै देख्छु सोच्छु कहिले त खडेरी लागोस नभनेर तर उ साउन झै पिल पिल झारी रहन्छ आँशु भुइचालोले लडेको धरहरा झै ठिङ उभिन्छ रानीपोखरी झै सुख्खा अनुहार लिएर !
- एक दिन चियो गर्दै पछि लागे अब त अति भो भनेर उ फुल रोप्दो रहेछ मलजल पनि गर्दो रहेछ रहेछ त आशावादी नै तर त्यही फुललाई राजनीतिकमा भजायर खान पल्केकाले गोटि बनायर उस्लाई पिंडा दिँदा रहेछन उ त्यही चोटको आघातले पिल पिल गरि रहेछ !
पिल पिल अँखा भरी आँशु पारी
एक टहकले हेरिरहेछ
न भोकले हो,न शाेकले
कसरी बुझ्नु उसको मनको कुरा
हास्ने त खुशिले नै हास्छ्न
तर रुनेका कस्ले बुझ्ने पिंडा !
मलाई हिँउद लाग्दा नि उस्लाई वर्षा नै छ
पानी परे पछिको आकाश त खुल्छ नि
तर उस्को आँशु रोकिए पछि पनि
अँखामा सधै बादलले ढाकेकै देख्छु
सोच्छु कहिले त खडेरी लागोस नभनेर
तर उ साउन झै पिल पिल झारी रहन्छ आँशु
भुइचालोले लडेको धरहरा झै ठिङ उभिन्छ
रानीपोखरी झै सुख्खा अनुहार लिएर !
एक दिन चियो गर्दै पछि लागे
अब त अति भो भनेर
उ फुल रोप्दो रहेछ
मलजल पनि गर्दो रहेछ
रहेछ त आशावादी नै
तर त्यही फुललाई राजनीतिकमा भजायर
खान पल्केकाले गोटि बनायर
उस्लाई पिंडा दिँदा रहेछन
उ त्यही चोटको आघातले
पिल पिल गरि रहेछ !!
(विजय तिमिल्सिना)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया