बेचिन लागेका २४ महिलाको उद्दार

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
बेचिन लागेका २४ महिलाको उद्दार

सारांश

  • काठमाडौं ।
  • माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्दार गरेको छ ।
  • काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो ।

काठमाडौं । माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्न स्थानबाट २४ महिलाको उद्दार गरेको छ ।

काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताउनुभयो ।

त्यस्तै संस्थाले ९१ जनालाई सीमानाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो । बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार ११३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताउनुभयो ।

वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८६९ किशोरीलाई सुरक्षित बसाइँसराइबारे अवगत गराइएको तथा किशोरी तथा महिला हराएको १७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ । प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखनका तीन तथा जबर्जस्तीकरणीका पाँच मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
सिरहामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत
योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
योगमायाले गरेको विद्रोह विश्वका लागि नौलो र साहसिक छ : राष्ट्रपति भण्डारी
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
टेलिकमले ल्यायो एकैपटक १० हजार जनालाई म्यासेज’ पठाउन सकिने सेवा, यस्तो छ तरिका
पेट्रोल पम्पमा घण्टौं लाइन, आजदेखि इन्धन ढुवानी गर्ने
पेट्रोल पम्पमा घण्टौं लाइन, आजदेखि इन्धन ढुवानी गर्ने
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
चेपाङवस्तीको स्कुलमा कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई झण्डै पाँच हजार मतले पछाडि पार्दै पद्मा अर्याल
पहिलो लेगमा सिटी र लिभरपुल विजयी
पहिलो लेगमा सिटी र लिभरपुल विजयी
३३ किलाे सुन प्रकरण: गोरे’ ग्याङ बनाउने मुख्य नाइके पक्राउ
पोखराबाट भ्रमण वर्षको शुरुवात हुँदै
पोखराबाट भ्रमण वर्षको शुरुवात हुँदै