कांग्रेस महासमितिकाे बैठकमा भाग लिन अाउनेलाई आवास सुविधा नदिने !
सारांश
- काठमाडौं, १२ कात्तिक ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महासमिति बैठकमा भाग लिन आउने सदस्यलाई आवासको सुविधा नदिने भएको छ।
- चिया, नास्ता र लन्चको व्यवस्था गरे पनि कांग्रेसले महासमिति सदस्यलाई आवासको सुविधा नदिने भएको हो।
काठमाडौं, १२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महासमिति बैठकमा भाग लिन आउने सदस्यलाई आवासको सुविधा नदिने भएको छ। चिया, नास्ता र लन्चको व्यवस्था गरे पनि कांग्रेसले महासमिति सदस्यलाई आवासको सुविधा नदिने भएको हो।
यसअघिका महासमिति बैठक र महाधिवेशनमा कांग्रेसले आफ्ना सदस्यहरूलाई आवासको सुविधा प्रदान गर्दै आएको थियो। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आवासको सुविधा प्राप्त भए पनि अधिकांश सदस्यहरूले त्यसको प्रयोग नगर्ने भएकाले यसपाली हटाइएको बताए।
बैठक आगामी मंसीर ५ गतेदेखि काठमाडौंमा सुरू हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया