आयोजना प्रभावितका लागि युनिभर्सल पावरको साधारण शेयर निष्कासन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२० पटक हेरिएको
Shares
आयोजना प्रभावितका लागि युनिभर्सल पावरको साधारण शेयर निष्कासन

सारांश

  • काठमाडौं, १५ पुस।
  • युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्राथमिक शेयर निष्कासन गरेको छ।
  • कम्पनीले पहिलो चरणमा पुस १५ गतेदेखि २१ लाख ३ सय ५० कित्ता शाधारण शेयर विक्री खुल्ला गरेको हो ।

काठमाडौं, १५ पुस। युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई प्राथमिक शेयर निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा पुस १५ गतेदेखि २१ लाख ३ सय ५० कित्ता शाधारण शेयर विक्री खुल्ला गरेको हो ।

कम्पनीको शेयरमा इच्छुक स्थानीयले ५० कित्ता देखि ५ लाख कित्ता सम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

११ मेगावाट क्षमताको यो आयोजना दोलखा जिल्लाको खारे खोलामा निर्माणधिन छ । दोलखाका गौरीशंकर, कालिञ्चोक र बिगु गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

२ अर्ब १० करोड रुपैयाँ कुल लागतमा यो आयोजना निर्माण गर्न लागिएको हो ।
स्थानीयलाई शेयर विक्री गरेपछि अन्य सर्बसाधारणको लागि शाधारण शेयर निष्कासन हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?