अब यसरी हुनेछ प्रहरीले ढाँटेको छिनभरमै पहिचान

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२८ पटक हेरिएको
Shares
अब यसरी हुनेछ  प्रहरीले ढाँटेको छिनभरमै पहिचान

सारांश

  • दाङ,  माघ २१ ।
  • अब प्रहरीले घरमा बसेर सञ्चार सेट मार्फट ड्युटीमा छु भनेर ढाँटे सिधै कारबाही हुने भएको छ ।
  • प्रहरीले भित्राएको नयाँ प्रविधिले प्रहरीको अवस्था सहजै पत्ता लगाउन सक्ने भएपछि झूट बोल्ने प्रहरी कारबाहीमा पर्ने भएका हुन् ।

दाङ,  माघ २१ । अब प्रहरीले घरमा बसेर सञ्चार सेट मार्फट ड्युटीमा छु भनेर ढाँटे सिधै कारबाही हुने भएको छ । प्रहरीले भित्राएको नयाँ प्रविधिले प्रहरीको अवस्था सहजै पत्ता लगाउन सक्ने भएपछि झूट बोल्ने प्रहरी कारबाहीमा पर्ने भएका हुन् ।

प्रहरीले भित्राएको डिजिटल रेडियो कम्युनिकेसन सिस्टमले प्रहरीको अवस्था सहजै पत्ता लगाउन सक्ने छ । प्रहरीलाई प्रविधिमैत्री बनाउन जिपीएस सिस्टमबाट प्रहरीको अवस्था पत्ता लगाउन थालिएको हो।

यो प्रविधि अहिले दाङको जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। यसअघि पोखरामा यस्तो प्रविधि जडान गरिएको थियो। प्रहरीले दिने सेवालाई चुस्त बनाउन प्रविधिको प्रयोग बढाइएको हो।

डिजिटल रेडियो कम्युनिकेसन सिस्टम सहितको कमाण्ड सेन्टर स्थापना गरिएको र सोही सिस्टमबाट प्रहरीको अवस्था सजिलै पत्ता लगाउन सकिने छ। अब दाङका कुनै पनि स्थानमा सञ्चार सेट बोकेर डिउटीमा रहने प्रहरीले बोल्ने कुरा सञ्चार सेटको संकेतबाटै को कहाँ छ भन्ने जानकारी जिल्लामा प्राप्त हुने छ। साथै सञ्चार सेट बन्द गरेर बस्न समेत पाउने छैनन्।

प्रहरी डिउटी स्थानमा भएको या नभएको बारेमा जिल्लाबाटै थाहा पाउन सकिने छ । यसले प्रहरीको कामकारबाहीलाई प्रभावकारी बनाउनका साथै अल्छि प्रहरीलाई कारबाही गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले  नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
३३ किलो सुन प्रकरणमा मुछिएका थाइ एयरवेजका कर्मचारी निष्कासित !
रवि लामिछानेले गरे भ्रामक समाचार नबेचन अपील ।
रवि लामिछानेले गरे भ्रामक समाचार नबेचन अपील ।
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
गाउँपालिका कार्यालयमा तालाबन्दी !
महरा माथि थुनछेक बहस सुरु..
महरा माथि थुनछेक बहस सुरु..
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित
विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला निर्वाचित
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेकाले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने

तपाईंले छुटाउनुभयो कि?