गर्मीमा छालाको सुरक्षा कसरी गर्ने ? भिडियो सहितको टिप्स यस्तो छ ।

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
५८ पटक हेरिएको
Shares
गर्मीमा छालाको सुरक्षा कसरी गर्ने ? भिडियो सहितको टिप्स यस्तो छ ।

सारांश

  • गर्मी मौसममा धुवाँ धुलो र पसिनाका कारण हाम्रो छालामा विभिन्न किशिमका समस्या आउन सक्छन् ।
  • गर्मीमा एलर्जी हुने, घाउखटिरा आउने जस्ता धेरै किशिमका समस्या देखिन सक्छन् ।
  • त्यसैले हामीले गर्मी मौसममा छालाको हेरचाहमा विशेष ध्यान दिनु पर्छ ।

गर्मी मौसममा धुवाँ धुलो र पसिनाका कारण हाम्रो छालामा विभिन्न किशिमका समस्या आउन सक्छन् । गर्मीमा एलर्जी हुने, घाउखटिरा आउने जस्ता धेरै किशिमका समस्या देखिन सक्छन् । त्यसैले हामीले गर्मी मौसममा छालाको हेरचाहमा विशेष ध्यान दिनु पर्छ ।

https://www.youtube.com/watch?v=QV-Rq0Wp-2o

चर्को घाममा बाहिर निस्कँदा धेरैथरीका समस्या आइपर्छन् । यस्तो अवस्थामा छालाको सुरक्षा गर्नु निकै आवश्यक हुन्छ । तपाईले आफ्नै सानो प्रयासले पनि गर्मीमा छालाको राम्रोसँग हेरचाह गर्न सक्नु हुनेछ । गर्मीमा छालाको केयर गर्ने केही टिप्सहरु यस्ता छन् ।

दिनमा ६–८ गिलास पानी पिउनुहोस् । हानीकारक यूवी प्रकाशबाट बच्नको लागि सनग्लास लगाउनुहोस् । ३० एसपीएफवाला सनस्क्रीमको प्रयोग गर्नुहोस् । यसलाई दिनको दुई– तीन पटक प्रयोग गर्नुहोस् ।

शरीरलाई पूरै ढाकेर हिँड्नुहोस् । अनुहारमा पनि स्कार्फको प्रयोग गर्नुहोस् । छालालाई नरम र सुन्दर बनाउन दूधले पनि ठूलो भूमिका खेल्छ । तपाईंको छाला घामबाट धेरै नै कालो भएको छ भने दूधले कालो भाग धुनुहोस् । कालो भागलाई गोरो बनाउन मद्दत पुर्याउँछ ।

छालामा केही समस्या देखिहालियो भने विशेषज्ञलाई देखाइहाल्नुहोस् । हामी कतिपयले खासै केही होइन भन्ने ठान्दछौँ, त्यस्तो नगर्नुहोस् । छालामा जति बेला जे पनि हुन सक्छ ।

सनबर्न छालाको लागि एन्टीअक्सिडेन्टजस्तो हल्का लोशनको प्रयोग गर्नुहोस् । यसको प्रयोग गर्दा छालालाई धेरै फाइदा पुग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुण तेस्रोमा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी
अरुण तेस्रोमा जुट्यो एक खर्ब, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी
क्रसर उद्योगीको मनोमानी बढ्दै : राजस्व नबुझाई खोला उत्खनन
क्रसर उद्योगीको मनोमानी बढ्दै : राजस्व नबुझाई खोला उत्खनन
किन थारु समुदायलाई मात्र लाग्छ सिकलसेन रोग!
किन थारु समुदायलाई मात्र लाग्छ सिकलसेन रोग!
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
ललितपुर बलात्कार काण्ड: तीनै जना अभियुक्त फरार
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
एन आई सी एशिया बैंकद्वारा दुर्घटना बीमा वापत ग्राहकका परिवारलाई ३० लाख बीमा रकम भुक्तानी
ट्रक दुर्घटनामा पाँच घाइते
ट्रक दुर्घटनामा पाँच घाइते
हमास र इजरायलबीच युद्धबिराम
हमास र इजरायलबीच युद्धबिराम
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
‘पहिले कम्युनिष्टले बुढाबुढी मार्छ भन्दै हिड्नेहरु अहिले अधिनायकवादको प्रचारमा’
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने !
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने !