अब सवारीलाई नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १४, २०८०
|
|
१९ पटक हेरिएको
Shares
अब सवारीलाई नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने

सारांश

  • काठमाडौं ।
  • अब अब स्वदेशी उत्पादनको सवारी साधनलाई नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने भएको छ ।
  • साथै,विगत लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता पाउने समेत भएका छन् ।

काठमाडौं । अब अब स्वदेशी उत्पादनको सवारी साधनलाई नम्बर प्लेटका लागि भन्सार प्रज्ञापनपत्र नचाहिने भएको छ ।

साथै,विगत लामो समयदेखि संघर्षमा रहेको तर दर्ता पाउन नसकेका स्वदेशी उत्पादनका सवारी साधनहरुले अन्ततः दर्ता पाउने समेत भएका छन् ।

आज बिहीबार यातायात व्यवस्था विभागले यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता दिने बाटो खुल्ला गरेको जानकारी दिएको छ ।

यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । जसले नेपालमा नै उत्पादित विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?