भोजपुरमा एमालेका शेरधन र गठबन्धनका सुदनबीच मुख्य प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
भोजपुरमा एमालेका शेरधन र गठबन्धनका सुदनबीच मुख्य प्रतिस्पर्धा

सारांश

  • भोजपुर ।
  • आगामी मङसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुरमा लोकतान्त्रिक–वाम गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
  • यहाँ प्रतिनिधिसभा सदस्यमा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती चुनावी मैदानमा होमिएका छन् ।

भोजपुर । आगामी मङसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोजपुरमा लोकतान्त्रिक–वाम गठबन्धन र नेकपा (एमाले) बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँ प्रतिनिधिसभा सदस्यमा एमाले स्थायी कमिटी सदस्य एवं पूर्वमुख्यमन्त्री शेरधन राई र गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती चुनावी मैदानमा होमिएका छन् ।

यो निर्वाचन शेरधन र सुदन बीचको तेस्रो प्रतिस्पर्धा हो । विसं २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा शेरधनलाई पराजित गर्दै किराँती विजयी बनेका थिए । त्यसपछि २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा किराँतीलाई पराजित गर्दै राईले जीत हासिल गरेका थिए ।

विसं २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट किराँती प्रतिनिधिसभामा र राई भोजपुर प्रदेशसभा (२) सदस्यमा विजयी बनेका थिए । यो निर्वाचनमा भने सुदन र शेरधन बीच नै पुनः प्रतिनिधिसभा सदस्यमा भिडन्त भइरहेको छ ।

दुवै उम्मेदवारले जीत आफ्नो हुने दावी गरिरहेका छन् । यसअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत परिणामलाई आधार मान्दा एमालेको जिल्लामा सबैभन्दा बढी मत देखिन्छ । तर गठबन्धनका दलहरूको सम्पूर्ण मतलाई जोड्दा भने एमाले दोस्रो स्थानमा रहेको छ ।

स्थानीय तह निर्वाचनमा एमालेले २७ हजार छ सय ५६, नेपाली काङग्रेसले २३ हजार पाँच सय ९९ नेकपा (माओवादी केन्द्र) ले १४ हजार सात सय ६१ र नेकपा (एकीकृत समाजवादी) ले एक हजार नौ सय छ मत पाएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा लोकतान्त्रिक–वाम गठबन्धनको ४० हजार दुई सय ६६ मत छ । एमालेको २७ हजार छ सय ५६ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशसभा ९१० मा एमालेका तर्फबाट हरिबहादुर राई र गठबन्धनका तर्फबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा (२) मा एमालेबाट प्रेम कार्की र गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार विनोद वान्तावा चुनावी मैदानमा टन् । प्रदेशसभा सदस्यमा पनि एमाले र गठबन्धन बीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

यहाँका ८१ वटा वडामध्ये प्रदेशसभा ९१० मा ४० र प्रदेशसभा ९२० मा ४१ वडा परेका छन् । जिल्लामा कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेका छन् । प्रदेश सभा ९१० मा ६४ हजार दुई सय ३७ र प्रदेशसभा ९२० मा ६९ हजार एक सय ४३ मतदाता छन् ।

निर्वाचनलाई लक्षित गरेर चार सय ५८ नेपाल प्रहरी, नौ सय १० म्यादी प्रहरी र आवश्यकताअनुसार शसस्त्र र नेपाली सेना परिचालन गरिने जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ । जिल्लामा सतासी वटा मतदान स्थल कायम गरिएको छ । यहाँ दुई अस्थायीसहित एक सय ५५ वटा मतदान केन्द्र रहेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    gate io

    The point of view of your article has taught me a lot, and I already know how to improve the paper on gate.oi, thank you.

    Comment Author

    binance sign up

    Can you be more specific about the content of your enticle? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    Rebbeca

    I am really enjoying the theme/design of your site.
    Do you ever run into any internet browser compatibility issues?
    A few of my blog visitors have complained about my site not operating correctly in Explorer but looks great in Safari.
    Do you have any solutions to help fix this problem?

    Visit my blog post سردخانه

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?