अब हरेक नेपालीले शेयर पाउने !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
अब हरेक नेपालीले शेयर पाउने !

सारांश

  • काठमाडौँ, २७ असार ।
  • सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ ।
  • ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा  भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो ।

काठमाडौँ, २७ असार । सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा  भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो । जनताको शेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपुर, ७० मेगावाटको सिम्बुवा, ७५ मेगावाटको ताप्लेजुङको घुन्सालगायत आयोजनालाई प्रारम्भिक चरणमा छनोट गरिएको छ ।

जलविद्युत्को विकासका लागि सबै प्रदेशमा जलविद्युत् आयोजना समेटिने हिसाबले आयोजनाको छनोटको प्रक्रिया शुरु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए ।

मन्त्री पुनले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा तथा जलस्रोत क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्रसहितको श्वेतपत्रमा हरेक नेपालीलाई जलविद्युत् आयोजनाको मालिक बनाउने उल्लेख छ ।

श्वेतपत्रको बुँदा ५८ मा हिमाल, पहाड, तराई–मधेशका हरेक नेपाली जनतालाई जलविद्युत्मा लगानीको अवसर प्रदान गर्दै आर्थिक समृद्धिमार्फत राष्ट्रिय एकता सुदृढ गर्न ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने उल्लेख छ ।

आयोजना अन्तिम छनोट गर्न आगामी दिनमा पनि निरन्तर छलफल तथा परामर्श गर्ने मन्त्रालयले जानकारी दिएको छ । आज भएको छलफलमा मन्त्री पुनले निर्देशन दिँदै छनोट हुने आयोजना नाफाका लागि मात्र नभई सेवाको दृष्टिले निर्माण हुनुपर्ने बताए ।

“गरिब नागरिकको हातहातमा शेयर पुग्नुपर्यो, यसबाट उनीहरुको जीवनस्तर माथि उठ्नुपर्यो”– मन्त्री पुनले भने, “यसरी निर्माण हुने आयोजना नाफाको सुनिश्चित गरेर मात्र निर्माण गरिनेछ ।”

जनताको जलविद्युत आयोजनाहरुको लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समेत बैठकमा छलफल भएको थियो । मन्त्रालयअन्र्तगतको जलविद्युत् लगानी तथा विकास कम्पनीले आयोजना निर्माणमा लाग्ने अनुमानित लागत, आन्तरिक स्रोतको व्यवस्थापन र ऋण व्यवस्थापनको प्रारम्भिक खाका प्रस्तुत गरेको थियो ।

छलफलमा ऊर्जामन्त्री पुन, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि
थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि
सङ्घीय संसद् भवन पुरा गर्न समय माग
सङ्घीय संसद् भवन पुरा गर्न समय माग
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
बिना मगर : मृत्युको मुखदेखि मन्त्रीको कुर्सीसम्म
बिना मगर : मृत्युको मुखदेखि मन्त्रीको कुर्सीसम्म
अबदेखि मलेसिया कामदार पठाउँदा बिचौलिया कम्पनी र एजेन्टको प्रवेश निशेध
अबदेखि मलेसिया कामदार पठाउँदा बिचौलिया कम्पनी र एजेन्टको प्रवेश निशेध
प्रधानमन्त्रीकै जिल्लाबाट काँग्रेसका दुई सिफारिस, प्रम देउवा दुवै गुटबाट
प्रधानमन्त्रीकै जिल्लाबाट काँग्रेसका दुई सिफारिस, प्रम देउवा दुवै गुटबाट
चीनमा के पढ्दैछन् नेकपाका यी मेयर-उपमेयरहरु ?
चीनमा के पढ्दैछन् नेकपाका यी मेयर-उपमेयरहरु ?
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
सार्वजनिक पशुपक्षी र चराचुरुङ्गीलाई आहाराको व्यवस्था गर्दै कामपा
शक्ति देखाउने भन्दै हाम फालेका झाँक्रीको मृत्यु
शक्ति देखाउने भन्दै हाम फालेका झाँक्रीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?