काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
सारांश
- झापा ।
- नेपालको पूर्वि नाका काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज पार्न सबै निकायहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।
- झापा जिललाको मेचीनगर–७ स्थित नवनिर्मित बसपार्क सञ्चालनार्थ निरीक्षण अवलोकन तथा तयारी बैठकको क्रममा सबै निकायका प्रमुहरुले यस्तो प्रतिबद्वता व्यक्त गरेका हुन् ।
झापा । नेपालको पूर्वि नाका काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज पार्न सबै निकायहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् ।
झापा जिललाको मेचीनगर–७ स्थित नवनिर्मित बसपार्क सञ्चालनार्थ निरीक्षण अवलोकन तथा तयारी बैठकको क्रममा सबै निकायका प्रमुहरुले यस्तो प्रतिबद्वता व्यक्त गरेका हुन् ।
अवलोकन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, (अञ्चल प्रहरी कार्यालय प्रमुख पिताम्बर अधिकारी, मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य तथा उप–मेयर मिना पोखरेल उप्रेती, जिल्ला प्रहरी कार्यालय प्रमुख विष्णु केसी, सिमा सुरक्षा बल प्रमुख, मेची नगर नगरपालिकाका कार्यकारी अधिकृतलगायत स्थानिय यातायात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
उक्त बसपार्क यहि मिति २०७४/०५/१५ गते बाट प्रयोगमा ल्याउने साथै प्रयोगको सिलसिलामा आईपर्ने विविध समस्या तथा कठिनाईहरुको निराकरणको लागि सबैको सहयोग रहने बताइएको छ ।
प्रतिक्रिया