जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति

सारांश

  • काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ ।
  • प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो ।
  • यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

सरकार गठन गर्नुपूर्व एक वर्षको अवधिमा मन्त्री हेरफेर गर्ने सहमति बमोजिम सरकारमा पार्टीको तर्फबाट सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने गृहकार्य अगाडि बढेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको छ । एक वर्षको अवधिमा सरकारले राम्रो काम गरेको दाबी गरेपछि नागरिकस्तरबाट आलोचना शुरु भएको छ ।

स्रोतका अनुसार आइतबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच भैंसेपाटीको एक घरमा भएको गोप्य छलफलमा मन्त्री परिवर्तन गरेर भए पनि सरकारको कामलाई प्रभावकारी बनाउने समझदारी जुटेको नेकपाका एक सचिवालय सदस्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?