मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
मन्दिर व्यवस्थापन समिति र भूमाफिया काे‘सेटिङ’मा मनदिरकाे जग्गा बिक्री

सारांश

  • अस्बिन खड्का,  २९ असार।
  • सुनसरी जिल्ला साविक सोनापुर–२ ,हाल दुहवी नगरपालिका वडा नम्बर ८ मा रहेको श्री राधाकृष्ण मन्दिर को नामको जग्गा सरकारी मूल्यभन्दा कम दरमा बिक्री भएको खुलासा भएको छ।
  • कित्ता नं १३ रहेको राजमार्ग मै जोडिएको सो जग्गा बिक्री भएको हो।

अस्बिन खड्का,  २९ असार। सुनसरी जिल्ला साविक सोनापुर–२ ,हाल दुहवी नगरपालिका वडा नम्बर ८ मा रहेको श्री राधाकृष्ण मन्दिर को नामको जग्गा सरकारी मूल्यभन्दा कम दरमा बिक्री भएको खुलासा भएको छ।

कित्ता नं १३ रहेको राजमार्ग मै जोडिएको सो जग्गा बिक्री भएको हो। मन्दिरको नाममा रहेको १४ कट्ठा १ धुर सार्वजनिक जग्गा मन्दिर व्यवस्थापन समिति र भूमाफिया मिलेर‘सेटिङ’मा सार्वजनिक जग्गा बेचबीखन को कारोबार भएको भन्दै स्थानीयहरु रुष्ट छन्। वडा नं ८ का वडासदस्य विनय दाहाल पनि मन्दिरको जग्गा बिक्री गरेर माफियालाई प्रश्रय दिइएको बताउँछन्।

हाल उक्त जग्गा लाई प्रतिकट्ठा १५ लाखका दरले हिसाब गर्दा २ करोड १० लाख मूल्य पर्ने जग्गा ५४ लाख ३५ हजार ५ सय ५० रुपैयाँमा स्थानीय जग्गा कारोबारी गोविन्द बहादुर बगजाईं लाई बेचिएको छ। यो हिसाबमा चलनचल्तीको भाउभन्दा १ करोड ५६ लाख हाराहारी कम मूल्यमा बिक्री गरेर बाँकी रकम चलखेल गरिएको स्थानीयको आरोप छ।मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय मानन्धर, सचिव रामप्रसाद राई र जग्गा व्यापारी गोविन्दबहादुर बजगाईंको मिलेमतोमा जग्गा खरिद–बिक्रीको निर्णय भएको हो।

२०७५ वैशाख ४ मा बसेको मन्दिर व्यवस्थापन समितिको बैठकले मन्दिरको १४ कट्ठा १ धुर जग्गा बिक्री गर्ने निर्णय गरेको खुलेको छ। सोही निर्णय अनुसार योजनाबद्ध रूपमा जग्गा बिक्री गरिएको पाइएको छ। यसरी मन्दिरको धर्मशाला निर्माणको जमिन दलाललाई बिक्री गरेको मन्दिर व्यवस्थापन समितिलाई दुहबी नगरपालिकाले समेत सहयोग गरेको खुलेको छ। दुहबी नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयले २०७५ असार १३ मा जग्गा बिक्रीका लागि सिफारिस गरेको छ।

व्यवस्थापन समिति अध्यक्ष मानन्धर भने मन्दिरको विधान अनुसार जग्गा बिक्री गरेको बताउँछन्। उनी भन्छन, ‘मन्दिरको जग्गा बिक्री गर्न पाउने विधान छ तर प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७४ चैत्र ८ मा मन्दिर, गुठीको जग्गा नबेच्न सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो। तर, स्थानीय जनप्रतिनिधिले उक्त निर्णयको समेत पालना नगरी दुहबीमा मन्दिरका लागि दाताले दिएको जग्गा दलाल लाई बिक्री गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता
गोरखाको गण्डकी गाउँपालिमा काँग्रेसको अग्रता
काठमाडौँमा भूकम्पको धक्का महशुष
काठमाडौँमा भूकम्पको धक्का महशुष
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय
पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?
भारतले स्वीकार गर्ला त नेपालले पठाउने नयाँ नक्सा ?
निर्वाचनका कर्मचारी बोकेको बस दुर्घटना, तीनजना घाइते..
निर्वाचनका कर्मचारी बोकेको बस दुर्घटना, तीनजना घाइते..
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’
प्रदेश एकमा शेरधनलाई मुख्यमन्त्री बन्न अवरोध, उनी भन्छन्,-‘पछि हट्दिन’
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने
एकपटक रेफर गरेका बीमित बिरामीले पुनः रेफर पूर्जी लिनु नपर्ने

तपाईंले छुटाउनुभयो कि?