विष्णु पौडेलको जोडबलमा बनेका सदस्य सचिव बर्खास्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
विष्णु पौडेलको जोडबलमा बनेका सदस्य सचिव बर्खास्त

सारांश

  • विवादास्पद रुपमा नियुक्त लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई सरकारले बर्खास्त गरेको छ ।
  • अनियमिततामा मुछिएका र अख्तियारको कारवाही सिफारिसमा परेका तत्कालीन सहसचिव ढकाललाई सरकारले गत साउनमा लुम्बिनी विकास कोषको सदस्य(सचिवमा नियुक्तिको निर्णय गरेको थियो ।
  • नियुक्ति लगत्तै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण उनी दुई दिनभन्दा बढी काम गर्न पाएका थिएनन् ।

विवादास्पद रुपमा नियुक्त लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई सरकारले बर्खास्त गरेको छ । अनियमिततामा मुछिएका र अख्तियारको कारवाही सिफारिसमा परेका तत्कालीन सहसचिव ढकाललाई सरकारले गत साउनमा लुम्बिनी विकास कोषको सदस्य(सचिवमा नियुक्तिको निर्णय गरेको थियो । नियुक्ति लगत्तै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशका कारण उनी दुई दिनभन्दा बढी काम गर्न पाएका थिएनन् ।

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको प्रस्तावमा मन्त्रिपरिषदले सदस्य(सचिव नियुक्तिको निर्णय गरेको थियो। जिल्ला विकास समिति ललितपुरमा हुँदा विनियम निर्माणको अनियमिततामा मुछिएका उनलाई पछि अख्तियारले कारवाहीको सिफारिस गरेको थियो। ढकालको नियुक्ति कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो। नेकपाका महासचिव विष्णु पौडेलको जोडबलमा पर्यटन मन्त्रालयको सिफारिसमा उनी २०७५ साउन १० नियुक्त भएका थिए। नियुक्तिको निर्णय लगत्तै उनले पाल्पाको प्रमुख जिल्ला अधिकारीबाट साउन १३ गते राजीनामा दिएका थिए। नियुक्तिको निर्णय विरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण उनले काम गर्न पाएका थिएनन्।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?