नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २, २०७७
|
|
२१ पटक हेरिएको
Shares
नेकपाको भोलिको सचिवालय बैठक स्थगित् नहुने, यस्तो छ दाहाल-नेपालको तयारी

सारांश

  • काठमाडौं, २ मंसिर ।
  • भोलि अपरान्ह १ बजे तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित् नहुने भएको छ ।
  • यसअघि पार्टीका महासचिव विष्णु प्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर भोलिको सचिवालय बैठक स्थगित् गर्नेबारे प्रस्ताव राखेका थिए ।

काठमाडौं, २ मंसिर । भोलि अपरान्ह १ बजे तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित् नहुने भएको छ । यसअघि पार्टीका महासचिव विष्णु प्रसाद पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर भोलिको सचिवालय बैठक स्थगित् गर्नेबारे प्रस्ताव राखेका थिए ।

तर, दाहालले जवाफमा कुनैपनि हालतमा बैठक नराक्ने अडान राखेका थिए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक राख्नको लागि आफ्नो तर्फबाट प्रयास गरेका छन् । यसअघिको सचिवालय बैठकमा दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनले नेकपाभित्र खैलाबैला मच्चिएको छ ।

ओली पक्षधर नेताहरुले दाहालको प्रस्तावलाई गैरराजनीतिक र अवैधानिक प्रस्तावको संज्ञा दिएका छन् । र, उक्त प्रस्ताव फिर्ता नलिएसम्म बैठक नै नबस्ने चेतावनी दिएका छन् । तर, अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने कुनैपनि हालतमा भोलिको सचिवालय बैठक नरोक्ने स्पष्ट पारेका छन् । त्यतिमात्रै होईन, दाहालले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदनमा आफूहरुको पनि सहमति रहेको सचिवालयका ४ सदस्यहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित
दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई जरिवाना तोकियो, कस्लाई कति ?
बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले
बाढीले बगाएकि महिलालाइ यसरी बचाए वडा अध्यक्षले
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?
बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने
बीआइए अवार्डको आवेदन खुल्ला, अपांगताको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थाले आवेदन दिन पाउने
चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गरिने
चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गरिने
धुर्मुस-सुन्तलीले बाढीपीडितलाई आज घर दिँदै, सबैलाई चुले निम्तो
धुर्मुस-सुन्तलीले बाढीपीडितलाई आज घर दिँदै, सबैलाई चुले निम्तो
कांग्रेसद्वारा लगातार संसद बैठक अवराेध
कांग्रेसद्वारा लगातार संसद बैठक अवराेध
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना
कीर्ते बिल पेश गर्नेलाई तत्काल पक्राउ गरिदिँऊ भन्दै यसरि कड्किए राजश्व सचिव ढुंगाना
Where to locate Beautiful Japanese Brides Intended for Marriage

तपाईंले छुटाउनुभयो कि?