महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ५, २०७५
|
|
३२ पटक हेरिएको
Shares
महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा

सारांश

  • काठमाडौँ, ५ पुस , तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।
  • सूचना छिटो छरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई वार्षिक रु एक हजारको रिचार्ज कार्ड दिइने छ भने प्रत्येक वडाको एक महिला स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिर्चाज कार्ड दिइने व्यवस्था रहेको प्रमुख गिरीले बताउनुभयो ।

काठमाडौँ, ५ पुस , तारकेश्वर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार सुविधा दिने भएको छ ।

सूचना छिटो छरितो पु¥याउन सकियोस् भन्ने उद्देश्यले प्रत्येक वडाको एक जना महिला स्वास्थ्य स्वयंसेविकालाई एक सेट मोबाइल फोन दिइने व्यवस्था गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरभरिको १३७ महिला स्वयंसेविकालाई वार्षिक रु एक हजारको रिचार्ज कार्ड दिइने छ भने प्रत्येक वडाको एक महिला स्वयंसेविकालाई एक सेट मोबाइल फोन र रिर्चाज कार्ड दिइने व्यवस्था रहेको प्रमुख गिरीले बताउनुभयो ।

वडाका एक स्वयंसेविकाको संयोजकमा अन्य महिला स्वास्थ्य स्वयंसेविकालाई आगामी कार्यक्रमको बारेका सोही फोनबाट जानकारी दिनुपर्ने छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि स्वास्थ्य स्वयंसेविका खटिन पर्ने भएकाले उनीहरुलाई थप सुुविधा होस् भनेर यस खालको कार्यक्रम ल्याइएको हो ।
यस खालको सञ्चार सुविधाबाट सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउने जस्ता स्वास्थ्यका आधारभूत विषयमा सहयोग पुग्ने वडा नं ९ का स्वास्थ्य स्वयंसेविका लक्ष्मी अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?