अमेरिकाः ३ लाख १२ हजार नयाँ रोजगारी सृजना

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०७५
|
|
३२ पटक हेरिएको
Shares
अमेरिकाः ३ लाख १२ हजार नयाँ रोजगारी सृजना

सारांश

  • काठमाडौँ,२२ पुस ।
  • संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ ।
  • केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् ।

काठमाडौँ,२२ पुस ।संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ ।

केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् ।चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकाको बेरोजगारी दर गत महिना केही वृद्धि भई ३ दशमलब ९ प्रतिशत पुगेको थियो, तर त्यसमा पनि सुधारका सङ्केत देखिएको छ । अमेरिकीहरुले कामको खोजीमा बढी ध्यान दिन थालेको श्रम विभागको भनाइ छ । अघिल्लो वर्षको तुलनामा प्रति घण्टाको औसत भुक्तानीमा ३ दशमलब २ प्रतिशतले सुधार आएको छ ।

श्रम विभागको नयाँ तथ्याँक सार्वजनिक भएलगत्तै शेयर बजारमा पनि सुधार आएको छ । अमेरिका र चीनबीच जारी व्यापार विवाद सुल्झाउने उपायको खोजी गर्न अर्को सातादेखि वार्ता शुरु गर्ने समाचारले पनि बजारमा सकारात्मक सन्देश दिएको छ । अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलले व्याजदर अरु वृद्धि गर्ने वा नगर्ने बारे बैंकले केही लचक नीति लिने बताएपछि पनि बजारमा सकारात्मक वातावरण बनेको छ । डाउजोन्स औद्योगिक परिसूचक ७४७ विन्दु अर्थात ३ दशमलब ३ प्रतिशतले बढेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै रोजगारी वृद्धिलाई मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ ।रोजगारी वृद्धिले अमेरिकी उपभोक्ताको खर्च गर्ने प्रवृत्तिमा सुधार आएको सङ्केत गर्दछ ।

गत महिना स्वास्थ्यसेवा र शिक्षा क्षेत्रमा नयाँ ८२ हजार रोजगारी थपिएको छ । विगत नौ वर्षमै यो सबैभन्दा ठूलो बढोत्तरी हो । रेष्टुराँ व्यवसायमा ४० हजार ७०० नयाँ रोजगारी थपिएको छ । निर्माण व्यवसायले ३८ हजार तथा उद्योग व्यवसायमा ३२ हजार नयाँ रोजगारी सृजना भएको छ ।व्यवसायीहरुले पनि बढी कामदारको माग गरिरहेका छन्

श्रम विभागका अनुसार सन् २०१८ मा २६ लाख नयाँ रोजगारी सृजना भएको छ, अर्थात् मासिक करिब २ लाख २० हजार रोजगारी थप भएको छ ।गत वर्ष डिसेम्बरमा करिब ६३ लाख मानिसले रोजगारीका लागि निवेदन दिएको पाइएको थियो । अघिल्लो वर्षको यही महिना करिब ६५ लाख मानिसले रोजगार खोजी गरेका थिए ।एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१६ वर्षीय छोरीको हत्या किन गरिन् आमाले ?
१६ वर्षीय छोरीको हत्या किन गरिन् आमाले ?
नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी
निर्वाचनमार्फत स्थायी राजधानीको टुङ्गो लगाउने तयारी
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
बलात्कारको आरोपमा शम्शेर पक्राउ
बलात्कारको आरोपमा शम्शेर पक्राउ
चीन भ्रमणको अन्तिम तयारी गर्दै प्रम ओली, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
मेस्सीलाइ बिदाइ गरेका यि एमबाप्पे, जस्को कोठाभरि रोनाल्डोको पोस्टर भेटिए
मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार
मकवानपुरगढी घुम्नेको सङ्ख्या दैनिक एक हजार

तपाईंले छुटाउनुभयो कि?