अमेरिकामा गोलीबारी, एक प्रहरीसहित ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
अमेरिकामा गोलीबारी, एक प्रहरीसहित ६ जनाको मृत्यु

सारांश

  • बीबीसी।
  • अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक प्रहरीसहित ६ जनाको मृत्यु भएको छ।
  • जर्सी शहरका मेयर स्टीभन फुलपका अनुसार अन्य दुई जना प्रहरी घाइते भएका छन्।

बीबीसी। अमेरिकाको जर्सी शहरमा भएको गोलीबारीमा एक प्रहरीसहित ६ जनाको मृत्यु भएको छ। जर्सी शहरका मेयर स्टीभन फुलपका अनुसार अन्य दुई जना प्रहरी घाइते भएका छन्। जर्सीको ग्रीनविले इलाकामा दुवैतर्फबाट एक घण्टासम्म गोली हानाहान भएको थियो। जर्सी शहर हडसन नदीको अर्कोतर्फछ। हडसन नदीको एकतर्फ न्यूयोर्क शहर छ।

गोली कसले र किन चलाएको थियो भन्ने अहिलेसम्म खुल्न नसकेको बीबीसीले जनाएको छ। यद्यपी आतंकवादी आक्रमणकारीले आक्रमण गरेको हुन सक्ने बताइएको छ। स्थानीय संचारमाध्यमका अनुसार गोलीबारीको सुरुवात एउटा पसलबाट भएको थियो, जहाँ आक्रमणकारीले आफूलाई लुकाएर राखेका थिए।

मारिनेमा ३९ वर्षका प्रहरी जोसेफ सील्स छन्। उनी विगत १३ वर्षदेखि जर्सी शहर प्रहरीमा कार्यरत थिए। जर्सी शहरका प्रहरी प्रमुख माइक केलीका अनुसार जोसेफले सडकबाट बन्दुक हटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। केलीका अनुसार आक्रमण स्थानीय समयानुसार दिउँसो १२ बजेको आसपासमा भएको थियो।

मृत्यु हुने प्रहरी जोसेफ सील्सले दुई जना संदिग्धलाई पक्राउ गर्न कोशिश गरेका थिए। दुवै संदिग्धमध्ये एक ट्रकबाट भागे भने अर्को जना सुपरमार्केटमा लुकेका थिए। उनले सुपरमार्केटबाटै प्रहरीमाथि गोली चलाइरहेका थिए। प्रहरीका अनुसार आक्रमणकारीसँग ठूलो संख्यामा राइफल र सयौं राउण्ड गोली थिए। अन्तिममा विशेष प्रहरी दस्ता बोलाएर संदिग्धलाई मारिएको छ। सुपरमार्केट भित्र तीन जना मारिएका छन्। सुपरमार्केटभित्र मारिएका तीनै जनाको मृत्यु आक्रमणकारीको गोलीबाट भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी कार्यालयहरु जाने भए अब प्रदेश सरकारको मातहत
यी कार्यालयहरु जाने भए अब प्रदेश सरकारको मातहत
के तपाई लामो दाह्री मन पर्छ ? यसरी बढाउनुस्
के तपाई लामो दाह्री मन पर्छ ? यसरी बढाउनुस्
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
एचआइभी र यौनरोगबाट कसरी बच्छन् पोर्नस्टार ?
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट
इन्सपेक्टरसहित प्रहरीमाथि कार्यालयमै कुटपिट
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला  !
संसारभर आलोचित प्रतिबन्धित नेटवर्क मार्केटिङ व्यवसाय नेपालमा खुल्ला !
कोटेश्वर–जडीबुटी सडक: तिहारअघि बेलिब्रिज सञ्चालनमा
कोटेश्वर–जडीबुटी सडक: तिहारअघि बेलिब्रिज सञ्चालनमा
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर
बाढि ग्रस्त जिल्लाहरुमा पशु चौपायालाइ उद्दार सहित उपचार गर्दै स्नेह केयर

तपाईंले छुटाउनुभयो कि?