उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
उदयपुर जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन प्रहरी सक्रिय

सारांश

  • अश्विन खड्का उदयपुर, माघ ५ ।
  • छ महिनाअघि उदयपुर जिल्ला प्रमुख भएर आएका, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले आफू आएपछिको उदयपुर जिल्लाको शान्ती सुरक्षा सबन्धी गरेका कामहरु प्रशसनीययोग्य रहेको बताएका छन् ।
  • उदयपुर आउने बित्तिकै यस जिल्लामा देखिएको समस्याप्रति जिल्लाका राजनैतिक दलका स्थानीय नेताहरु, पत्रकारहरु, जिल्लाका विभिन्न संस्थामा कार्यरत प्रमुखहरु, स्थानीय नागरिक समाज, बुद्दीजिबी, व्यवसायीलगायत सम्पूर्ण अगुवाहरुसँग परार्मश गरिरहेको उनले बताए ।

अश्विन खड्का

उदयपुर, माघ ५ । छ महिनाअघि उदयपुर जिल्ला प्रमुख भएर आएका, जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले आफू आएपछिको उदयपुर जिल्लाको शान्ती सुरक्षा सबन्धी गरेका कामहरु प्रशसनीययोग्य रहेको बताएका छन् ।

उदयपुर आउने बित्तिकै यस जिल्लामा देखिएको समस्याप्रति जिल्लाका राजनैतिक दलका स्थानीय नेताहरु, पत्रकारहरु, जिल्लाका विभिन्न संस्थामा कार्यरत प्रमुखहरु, स्थानीय नागरिक समाज, बुद्दीजिबी, व्यवसायीलगायत सम्पूर्ण अगुवाहरुसँग परार्मश गरिरहेको उनले बताए ।

उनले जिल्लाका प्रमुख सुरक्षाको बारेमा जानकारीमुलक कार्यक्रम राखी सबै पक्षको कुरा सुनी जिल्लामा हुने गरेका सुरक्षा कमजोरीको बारेमा महत्वपूर्ण कार्यहरुको बारेमा जानकारी लिएर सबै स्थानीय निकाय, समाज तथा बुद्दीजीबी र सबैसँग मीलेर काम गर्ने प्रतिबद्दता गरेका छन् ।

शुक्रबार भट्टले आफ्नो बारेमा र आफूले गर्नेुपरने काम र कर्तव्यको बारेमा सम्पूर्ण सरोकारवाला निकायलाई जानकारी गराउँदै जिल्लामा रहेको प्रमुख समस्या लागुऔषध र जुवातासका साथै मादकपर्दाथ सेवन तथा चोरी जस्ता कुरालाई प्रमुख रुपमा राखी काम गर्ने थालनी गरेको बताए ।

‘आफ्नो मातहतमा रहेका सम्पूर्ण कर्मचारी तथा प्रहरी ईन्चार्जहरुलाई सो कामहरुलाई कडारुपमा कार्यावन्यन गर्ने निर्देशन दिएको छु,’ उनले भने, ‘जिल्लाका शान्ति सुरक्षामा कुनै कमी हुन नदिने र जिल्लामा भित्रिने लागुऔषध ओसारपसार नियन्त्रणमा लागिपर्नेछु ।’

छिमेकी जिल्ला सिरहा र सप्तरीबाट लागुऔषध भित्र्याएर उदयपुरमा बिक्री वितरण गर्ने व्यक्तिmहरुको पहिचान गरी पक्राउ गरी सिधै मुद्दा चलाइदिने उनले बताए । आजका दिनसम्म १२९ जना लागुऔषध व्यापारी, बिक्री वितरण तथा ओसारपसार गर्नेलाइृ पक्राउ गरेको उनले जानकारी दिए ।

जसमा १ सय ३५ जना पक्राउ परेकामा ७ जना पुर्पक्षमा गएको, २० जना अनुसन्धानको क्रममा रहेको र ८५ जना धरौंटी तारिखमा छुटेका जानकारी दिए । साथै अन्य सार्बजनिक अवराधमा १०० वटा मुद्दा दर्ता भएकोमा ९६ जना पक्राउ परेको उनले बताए ।

विगतमा भन्दा बढि देखिएको यो संख्यालाई प्रहरीको सक्रियता र उपलब्धी मान्न सकिन्छ । प्रहरीले लागूऔषध कारोवारी र प्रयोगकर्ताको गौडा पत्ता लगाई छापा मार्ने, अनुसन्धान गरी पक्राउ गर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?