अमेरिकाले चीनलाई घेरा हाल्ने कुरा किन फिर्ता लिए प्रचण्डले?
सारांश
- काठमाडाैं।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रस्तावमा अमेरिकाको इण्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भनी लेखिएको कुरा फिर्ता लिएका छन् ।
- प्रतिवेदनमा लेखिएको थियो, ‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ–नयाँ रणनीतिको विकास गरिरहेको छ ।
काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रस्तावमा अमेरिकाको इण्डो–प्यासिफिक स्ट्राटेजी (आइपिएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भनी लेखिएको कुरा फिर्ता लिएका छन् ।
प्रतिवेदनमा लेखिएको थियो, ‘उता संयुक्त राज्य अमेरिकाले आफ्नो अति महाशक्तिको स्थिति कायम राख्न र विश्वमा आफ्नो एकछत्र प्रभुत्व बनाइराख्न नयाँ–नयाँ रणनीतिको विकास गरिरहेको छ । यसै सन्दर्भमा हिन्द महासागर वरिपरिका क्षेत्रहरूमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रूपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रूपमा इण्डो प्यासिफिक रणनीति अगाडि बढाइरहेको छ ।’
केही सदस्यहरूले प्रतिवेदनको उक्त अंशको आलोचना गरेपछि बैठकको समापन मन्तव्यका क्रममा दाहालले फिर्ता लिएको घोषणा गरेका हुन् ।
एमसीसीबारे अध्ययन समिति
नेकपाले विवादित एमसीसी परियोजना सम्झौताबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा परराष्ट्रमन्त्रीसमेत रहेका पोटिलब्युरो सदस्य प्रदीप ज्ञवाली र अर्का पोलिटब्युरो सदस्य भीम रावल सदस्य छन् ।
ज्ञवाली एमसीसी अमेरिकाको इण्डोप्यासिफिक रणनीतिसँग सम्बन्धित नरहेको भन्दै संसद्बाट अनुमोदन हुनुपर्ने पक्षमा छन् । रावलले सम्झौताको चर्को विरोध गर्दै आएका छन् । उनले उक्त सम्झौता अमेरिकाको सैन्य रणनीतिको एक अंग हो भन्ने ठोकुवा गर्दै नेपालसँगको सम्झौता राष्टघाती रहेको बताउने गरेका छन् । उनी कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नहुने पक्षमा छन् । खनालले पक्ष–विपक्षमा प्रष्ट बोलेका छैनन् ।
प्रतिक्रिया