रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ७, २०८१
|
|
४७ पटक हेरिएको
Shares
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै

सारांश

  • काठमाडाैं।
  • पूर्व गृहमन्त्री रवि लामिछानेबिरूद्ध आज मुद्दा दर्ता गरिँदैछ।
  • सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछाने विरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो।

काठमाडाैं। पूर्व गृहमन्त्री रवि लामिछानेबिरूद्ध आज मुद्दा दर्ता गरिँदैछ। सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछाने विरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ।

सहकारी ठगीमा लामिछाने माथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो। चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो।

कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्दा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Binance账户创建

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज
जहाज लिन गएको टोली वाईन पिएर फर्कियो !
जहाज लिन गएको टोली वाईन पिएर फर्कियो !
बसपार्कमा टर्मिनल भवन निर्माण
बसपार्कमा टर्मिनल भवन निर्माण
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता
जायज मागलाई सम्बोधन नगरी निर्वाचन गए मुलुकमा ठूलो दुर्घटना हुने :सुजाता
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
प्रहरी र अध्यागमन अधिकृतबीच कुटपिट घटनाबारेको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश
कर्णाली प्रदेश सरकारद्वारा प्रदेश योजना आयोग गठन
कर्णाली प्रदेश सरकारद्वारा प्रदेश योजना आयोग गठन
साउन १६ गते विहिबारको राशिफल
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण
बहुविधाका सर्जक डा. बच्चुकैलाश कैनीका पाँच कृति लोकार्पण