बस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
बस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न

सारांश

  • न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालिकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिनुभयो ।
  • तपार्इंले बोकेको केहो?
  • भन्दा उहाँले जवाफ दिनुभयो, “यो झिल्के हो ।

न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालिकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिनुभयो ।

तपार्इंले बोकेको केहो? भन्दा उहाँले जवाफ दिनुभयो, “यो झिल्के हो ।” त्यसको विक्री मूल्य सोध्दा रू दुईहजार ५०० पर्छ भन्दै गफिन खाज्नुभयोे । उहाँजस्तै कालिकोटबाटै आउनुभएका उहाँका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाँडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमीरहेको बुढाले बताउनुभयो ।

दैनिकबारे सोध्दा उहाँले यसरी भन्नुभयो, हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ की भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन । बुढाले जाडोमा प्रयोगमा आउने सामान डुलाउँदा पनि बिक्री हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

“हामी सामान्य होटलमा बसेका छाँैं १० दिनको एक हजार रुपैयाँ तिर्छौ । बुढालाई व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ , यो निर्वाचनमा भोट हाल्न जाने की नजाने दोधारमा थियौँ हामी चारैजना,” उहाँले दुःखेसो पोख्दै भन्नुभयो, गाउँ नजाने भइयो।” उहाँलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ रे ।

बुडा भन्नुहुन्छ्, हाम्रो जिल्ला कालिकोटबाट नेपाली काँग्रेसबाट भुपेन्द्रजंग शाही, नेकपा (माओवादी केन्द्र)बाट उज्ज्वल रावत, नेकपा एमालेबाट कुर्म शाही उम्मेदवार भएका छन् तर कुनै उम्मेदवारले पनि भोट माग्न आएका छैनन् हाम्रो दुःख हामीसँगै छ । भोट हालेर के हुन्छ र ? यो पटक गाडी भाडा नै नहुने भएपछि भोट हाल्न नजाने बुढाको भनाइ छ ।

बुढा निरासिँदै भन्नुहुन्छ, “नेताले विकास गर्दे र हाम्रो जिल्लाको विकास भए हाम्रा छोराछोरी तथा नातीनातिनीलाई राम्रो हुने थियो तर अहिले जिल्लाको विकास भन्दा आफ्नै परिवार र नातागोताको मात्रै विकास गर्छन् नेताले । ” दुर्गम कालिकोटबाट यहाँ हरेक वर्ष ज्याकेट, सिरक, ओछ््याउने, बिछ््याउना, तन्नाजस्ता कपडाका सामग्री बोकेर जुम्ला, कालिकोट लगायतका व्यापारी यहाँ आउछन् ।

उहाँ जस्तै कालिकोटके अर्का व्यापारी लक्ष्मी अधिकारी भन्नुहुन्छ, “हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनाँै।” उहाँ भन्नुहुन्छ, “नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
मतपत्रको कुराले चुनाव प्रभावित पार्न खोजियो भने राम्रो हुँदैन – प्रचण्ड
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
नेपाल वायुसेवा निगममा २ महिनामै १५ करोड घाटा, निगम अध्यक्ष खरेलको जागिर खोसिदै
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
अन्नपूर्ण आधार शिविरका क्षतिग्रस्त संरचना पूर्ववत् अवस्थामा
Kangana Ranaut pays a tribute to Rani Laxmibai by sharing a new poster from ‘Manikarnika’
Kangana Ranaut pays a tribute to Rani Laxmibai by sharing a new poster from ‘Manikarnika’
सभापति देउवाद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त
सभापति देउवाद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त
प्रमुख निर्वाचन आयुक्त यादबले भोट हालेनन्
प्रमुख निर्वाचन आयुक्त यादबले भोट हालेनन्
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
कांग्रेस पदाधिकारी बैठकले तय गर्यो केन्द्रीय समिति बैठकका कार्यसूची
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा
आदिवासी जनजातिका पर्वहरुको विदा काटेपछि आदिवासी जनजाति समुदाय आन्दोलनमा

तपाईंले छुटाउनुभयो कि?