अमेरिका र चीनले ९० दिन आपसमा नयाँ कर नलगाउने
सारांश
- अमेरिका र चीनबीच आगामी ९० दिनसम्म नयाँ कर प्रणाली लागु नगर्ने सहमति भएको छ ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्ताका क्रममा वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने सहमति भएको हो ।
- जी–ट्वान्टी सम्मेलनका क्रममा अर्जेन्टिनामा रहेका दुई मुलुकका राष्ट्र प्रमुखबीच करीब साढे २ घण्टा लामो वार्ता भएको थियो ।
अमेरिका र चीनबीच आगामी ९० दिनसम्म नयाँ कर प्रणाली लागु नगर्ने सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटवार्ताका क्रममा वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने सहमति भएको हो ।
जी–ट्वान्टी सम्मेलनका क्रममा अर्जेन्टिनामा रहेका दुई मुलुकका राष्ट्र प्रमुखबीच करीब साढे २ घण्टा लामो वार्ता भएको थियो । चिनियाँ नेतृत्वले भेटका क्रममा सहकार्य नै उत्तम विकल्प रहेकोमा जोड दिएको थियो ।
गत जुलाईदेखि अमेरिका र चीनबीच एक अर्काको उत्पादन माथि लगाईएको करका कारण ब्यापार युद्ध सुरु भएको छ । पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको निधनका कारण सम्मेलन नसकिदै ट्रम्प स्वदेश फर्किएकाले अमेरिकाको प्रतिक्रिया भने आउन बांकी रहेको छ । जी–२० सम्मेलन भने साझा घोषणा पत्र जारी गर्दै सकिएको छ ।
प्रतिक्रिया