प्रधानमन्त्री स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रधानमन्त्री स्वदेश फिर्ता

सारांश

  • काठमाडौं ।
  • विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार बिहान स्वदेश फिर्ता हुनुभएको छ ।
  • उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुले स्वागत गर्नुभएको छ ।

काठमाडौं । विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार बिहान स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री तथा मन्त्रीहरुले स्वागत गर्नुभएको छ ।

स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न बैठकमा प्रधानमन्त्री ओली दुईवटा औपचारिक सत्रमा सहभागी हुनुभएको थियो । बैठकमा उहाँले दक्षिण एसियाको रणनीतिक दृष्टिकोण र लोकतन्त्रको भविष्यलाई आकार दिने नामक दुई सत्रमा आफ्नो धारणा राख्नुभएको थियो । यसका अतिरिक्त प्रधानमन्त्रीले साइडलाइन भेटवार्ता पनि गर्नुभएको थियो ।

अन्तर्राष्टिय समुदायसमक्ष उहाँले नेपाल विकासमा अघि बढिसकेको र त्यसका लागि विश्व समुदायको लगानी आवश्यक रहेको औंल्याउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?