यि हुन नेपालका लागि नयाँ अमेरिकि राजदूत
सारांश
- काठमाडौं, ६ जेठ।
- अमेरिकाले नेपालका लागि नयाँ राजदूत नियुक्ती गरेको छ ।
- वर्तमान राजदूत एलिना बी टेप्लीजको समयावधी सकिन लागेकाले नयाँ राजदूत नियुक्तीको प्रक्रिया सुरु गरिएको हो ।
काठमाडौं, ६ जेठ। अमेरिकाले नेपालका लागि नयाँ राजदूत नियुक्ती गरेको छ ।
वर्तमान राजदूत एलिना बी टेप्लीजको समयावधी सकिन लागेकाले नयाँ राजदूत नियुक्तीको प्रक्रिया सुरु गरिएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका लागि राजदूतमा र्याण्डी डब्लु बेरीलाई नियुक्त गरेको समाचार छ ।
अमेरिकाले समलिङ्गीको पक्षमा वकालत गर्दै आएका तथा राम्रो कुटनीतिज्ञ मानिएका र्याण्डी डब्लु बेरी नेपालका लागि राजदूत मनोनित गरिएको हो । यद्यपि उनी तत्काल राजदूतको हैसियतमा नेपाल आउन पाउने छैनन् । उनको नियुक्ती सम्बन्धी प्रक्रिया सिनेटबाट पास भएपछि मात्रै लागू हुने छ । यसअघि पनि नेपालमा बसेर काम गरिसकेका बेरी नेपालका नेताहरुसँग नजिकको सम्बन्ध बनाउन सफल कुटनीतिज्ञ मानिन्छन् ।
यसअघि सन् २००७ देखि २००९ सम्म नेपालमा काम गरेका बेरी बंगलादेश, अफ्रिकी मुलुकहरुमा २५ वर्षभन्दा बढि काम गरेको अनुभव छ ।
प्रतिक्रिया