मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
मन्त्री रघुवीर सम्पत्तिमा पनि साँच्चिकै “महासेठ”-४० करोड सेयर, डेढ सय बिघा जमिन

सारांश

  • काठमाडौं, १० जेठ- सरकारले हिजो बुधबार मात्रै सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार मन्त्री रघुवीर महासेठ सम्पत्तिमा पनि साँच्चिकै “महासेठ” नै देखिएका छन् ।
  • मन्त्रीमध्ये सबैभन्दा धेरै सम्पत्ति उनको देखिएको छ ।
  • भौतिक योजना तथा यातायातमन्त्री महासेठसँग विभिन्न ठाउँमा ४० करोडको मात्रै सेयर छ ।

काठमाडौं, १० जेठ- सरकारले हिजो बुधबार मात्रै सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरण अनुसार मन्त्री रघुवीर महासेठ सम्पत्तिमा पनि साँच्चिकै “महासेठ” नै देखिएका छन् । मन्त्रीमध्ये सबैभन्दा धेरै सम्पत्ति उनको देखिएको छ । भौतिक योजना तथा यातायातमन्त्री महासेठसँग विभिन्न ठाउँमा ४० करोडको मात्रै सेयर छ । डेढ सय बिघा जमिन रहेको छ ।

उनकी श्रीमती जुली महतोको नामबाट विभिन्न संघसंस्थामा करिब ४० करोड सेयर लगानी गरेका हुन् । उनको जग्गामध्ये ललितपुरको भैँसेपाटीमा ५८ सय वर्गफिट जग्गामा साढे २ तलाको घर छ ।

त्यसैगरी धनुषामा ६५ सय वर्गफिट, धनुषामै अर्को ८ बिघा र सिन्धुलीको कमलामाईमा ५ कट्ठा जग्गा छ । ललितपुरको नख्खुमा २ रोपनी १३ आना, ललितपुरकै धोबीघाटमा एक रोपनी ७ आना, जनकपुर उपमहानगरपालिकामा ९ कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
धनुषा दिगम्बरपुरमा सगोलमा ९६ बिघा, धनुषाकै पटेरबामा ३९ बिघा र अर्को १० बिघा १० कट्ठा जग्गा छ । श्रीमतीकै नाममा धनुषाको जनकपुरमा साढे २ तलाको पक्की घर छ । उनले २६ तोला सुन पैतृक र २५ तोला सुन दाइजोबाट प्राप्त भएको देखाएका छन् ।

महासेठसँग साढे एक केजी चाँदी छ र अन्य विभिन्न महँगा गहना रहेको खुलाएका छन् । बैंकबाट लिएको २३ करोड ऋणसमेत देखाएका छन् । मन्त्री महासेठले ७२ लाख नगद रहेको विवरण पनि बुझाएका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dhruba Sharma

    सांच्चै सर्वहारा महासेठ रहेछन कठै महासेठका कर्यकर्ता
    सर्वहारा नेता भन्न पछि नपर्लान

    Comment Author

    Krishna Kumar Shrestha

    सर्बहारा जनताका नेता कठै बिचार ! मान्नै पर्छ नेपालका कम्न्यूष्टहरुलाई ! सोझा जनताहरुलाई खोक्रो भाषण गरेर कति झुक्याउन सक्ने रहेछन यहि सम्पत्ति बिवरणबाट नै प्रष्ट हुन्छ धन्न नेपाली नेपाली जनता

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?