अमेरिकी राष्ट्रपतिले किन गरे आफ्नै मातहतको निकायको आलोचना ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिकै मातहतमा रहेको अनुसन्धान निकाय ‘फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन’ (एफबीआई)को कडा आलोचना गरेका छन् ।
- ट्रम्पले एफबीआईको प्रतिष्ठा पूर्णतः क्षय भएको अवस्थामा पुगेको भन्दै निन्दा समेत गरेका हुन् ।
- अमेरिकाको राष्ट्रपतिय निर्वाचनका समयमा रुसी हस्तक्षेपबारेमा विशेष समितिका रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पको यस्तो धारणा सार्वजनिक भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिकै मातहतमा रहेको अनुसन्धान निकाय ‘फेडरल ब्यूरो अफ इन्भेष्टिगेसन’ (एफबीआई)को कडा आलोचना गरेका छन् । ट्रम्पले एफबीआईको प्रतिष्ठा पूर्णतः क्षय भएको अवस्थामा पुगेको भन्दै निन्दा समेत गरेका हुन् । अमेरिकाको राष्ट्रपतिय निर्वाचनका समयमा रुसी हस्तक्षेपबारेमा विशेष समितिका रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पको यस्तो धारणा सार्वजनिक भएको हो ।
एफबीआईका पूर्व निर्देशक जेम्स कोमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उनले जिकिर गरे । चुनाव जित्नका लागि आफ्नो प्रचार टिमले रुससँग साँठगाँठ गरेको आरोपको पनि उनले खण्डन गरे । एफबीआईका पूर्व निर्देशक मूलरको नेतृत्वमा भइरहेको अनुसन्धानमा एफबीआईका एक अधिकारीले ट्रम्पविरोधी पत्र पठाएकामा मूलरले उनलाई हटाइदिएका थिए । आफ्नो सजाय कम गर्नका लागि मूलरको अनुसन्धानमा सघाउने भन्दै फ्लिनले अघिल्ला बयानमा आफूले झूठो बोलेको वक्तब्य दिएपछि ट्रम्प एफबीआई प्रति आक्रोशित बनेका हुन् ।
प्रतिक्रिया