यस्तो छ माओवादी केन्द्र फुटाउने ‘रोडम्याप’ (पत्रसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
१३
|
१९ पटक हेरिएको
Shares
यस्तो छ माओवादी केन्द्र फुटाउने ‘रोडम्याप’ (पत्रसहित)

सारांश

  • काठमाडौं, पुस ११ ।
  • माओवादी केन्द्रका केही नेताहरुले गोपाल किँरातीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौं महाधिवेशन समूह बनाएका छन् ।
  • एमालेसँग पार्टी एकताको कुरा अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेताहरुले पार्टी विभाजनको लागि तयारी गर्दैछन् ।

काठमाडौं, पुस ११ । माओवादी केन्द्रका केही नेताहरुले गोपाल किँरातीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आठौं महाधिवेशन समूह बनाएका छन् ।

एमालेसँग पार्टी एकताको कुरा अगाडि बढिरहेको बेला माओवादी केन्द्रका नेताहरुले पार्टी विभाजनको लागि तयारी गर्दैछन् । विज्ञप्ति जारी गर्दै यो समूहले भनेको छ, ‘एमालेसँग माओवादी केन्द्रको एकता भए भिन्दै पार्टी बनाउने छौं ।’

गोपाल किरातीको अध्यक्षतामा माओ दिवसको अवसर पारेर बसेका वैठकले तत्काल पार्टी महाधिवेशन आयोजनाको माग गर्न यो ‘आठौं महाधिवेशन समूह’ निर्माण गरेको विज्ञप्तीमा उल्लेख छ ।

उनीहरुले आठौं महाधिवेशन समुह सर्वहरावादी आन्दोलन र पहिचान आन्दोलनबीच समायोजनको विज्ञान माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त र वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक कार्य्दिशामा सहमत देशका सबै क्रान्तिकारी कम्युनिष्टहरुबीच दृढ एकता पक्षधरहरुको समूह भएको जनाएका छन् ।

पत्रको पूर्णपाठ

आदरणीय कमरेड प्रचण्ड,
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)
राष्ट्रिय महाधिवेशन आयोजक समिति ।

विषयः आठौं राष्ट्रिय महाधिवेशन आयोजना गरियोस् ।

उपलब्धी र कमजोरीसहितको संविधान कार्यान्वयन गर्ने निर्वाचन सम्पन्न भइसकेको पृष्ठभूमिमा स्वतन्त्रतापूर्वक माओवादी आन्दोलनको समीक्षा र नेपाली समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिमा विकास तथा आम स्पष्टताका निम्ति पार्टीको राष्ट्रिय महाधिवेशन वस्तुगत आवश्यकता बनेको छ । बृहत कम्युनिष्ट केन्द्र बनाउने लोकप्रिय नारामा माक्र्सवाद–लेनिनवाद–माओवाद (मालेमा) को पथप्रदर्शक सिद्धान्तमाथि प्रश्न उठेको छ, समाजवादी क्रान्तिको महान जनआधार इलाका पहिचानको मुद्दा हल गर्ने कार्यदिशामा प्रश्न उठेको छ र पार्टीमा जनवादी केन्द्रीयताबारे प्रश्न उठेको छ । नेपाली सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई गणतन्त्रसम्म ल्याईपु¥याउने माओवादी आन्दोलनको समीक्षा बेगरै पार्टीलाई संसदवादमा विलय गर्ने दक्षिणपन्थी भड्काव विरुद्ध प्रश्न उठेको छ । नेकपा (माओवादी केन्द्र) को जीवनमा यी असाधारण प्रश्नहरु हुन् । यी प्रश्नहरुको वैज्ञानिक जवाफ निर्माण गर्न र निर्णय प्रक्रियामा नेतृत्वलाई सहयोग गर्न पार्टीको सर्वोच्च निकाय राष्ट्रिय महाधिवेशन आयोजना एक मात्र सही समाधान हो ।

पार्टीको विद्यमान केन्द्रीय निकाय राष्ट्रिय महाधिवेशन आयोजक समिति हो र महाधिवेशन आयोजना गर्नु यस समितिको प्रमुख कर्तव्य हो । वृहत कम्युनिष्ट केन्द्र बनाउने प्रश्नमा पनि के आधारमा एकता र के को निम्ति एकता?माओवादी धाराको स्वतन्त्र जवाफ जरुरी छ । पार्टी एकता संयोजन समितिको ६ बुँदे पत्र र निर्वाचनको संयुक्त घोषणापत्रमा मालेमाको उल्लेखसम्म छैन । मालेमा र पहिचान मुद्दालाई धरापमा पारेर एमालेसित एकता महाधिवेशन आयोजक समिति गठन गर्दा पनि एमालेहरु दशौं महाधिवेशन भन्नेछन् भने माओवादी केन्द्रको इतिहासमा आसन्न महाधिवेशन आठौं हुनेछ । ४०–६० को उम्मेद्वार अनुपात संगठनमा पनि लागु हुँदा माओवादी केन्द्रको भागमा आयोजक समिति र महाधिवेशन प्रतिनिधि ४०% तथा एमालेको भागमा ६०% हुनेछ । जबकि ५१% ले नीति र नेतृत्व ठेगान लगाउँछ । अतः विकसित दुनियाँमा मालेमाको रक्षा,प्रयोग र विकास तथा पहिचान मुद्दा सम्बन्धी यावत प्रश्नहरुको जवाफ महाधिवेशनले निर्माण गर्न पाउनु पर्छ र मालेमावादी वैचारिक–राजनीतिक तथा संगठनात्मक स्वतन्त्रतासहित नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन अपरिहार्य आवश्यक छ ।

विद्यमान ४ हजार जनाको आयोजक समितिमा बहुसंख्यक युवा कमरेडहरु हुनुहुन्छ । माओवादी केन्द्रको राजनीतिक तथा संगठनात्मक जीवनमा उहाँहरुले के सिक्ने ? मुख्यतः पार्टीले उहाँहरुलाई के सिकाउने ? अतः ४ हजार जनाको आयोजक समिति र त्यस मातहत लाखौं पार्टी सदस्यलाई सर्वहारा क्रान्तिको दिशामा प्रशिक्षित एवं परिचालन गर्नुका अतिरिक्त माओवादी स्वाभिमानको रक्षा तथा आन्तरिक एकता र पार्टी पुनःनिर्माणका निम्ति आठौं महाधिवेशन अत्यावश्यक छ ।

पार्टीको सर्वोच्च निकायद्वारा उपरोक्त प्रश्नहरुको संस्थागत संवोधनका निम्ति केन्द्रीय कार्यालयसमक्ष तत्काल आठौं राष्ट्रिय महाधिवेशनको मिति निश्चित गर्न माग गर्दछु । त्यस निमित्त तत्काल गर्नुपने संगठनात्मक काम र वैचारिक–राजनीतिक प्रश्नहरु समेत यहाँ समावेश गरेको छु ।

तत्काल गर्नुपर्ने संगठनात्मक कामहरु

१.पार्टीको केन्द्रीय सचिवालय वा पोलिटव्युरो बोलाई आठौं महाधिवेशनको मिति, स्थान र प्रतिनिधि निर्वाचन कार्यक्रम निर्धारण गर्ने । आयोजक समिति मातहत विभिन्नउप–समितिहरु गठनगरी ठोस कार्य विभाजन गर्ने ।
२. तीन तहको निर्वाचनमा केन्द्रीत हुँदा बाँकी रहन गएका गाउँ÷नगर सम्मेलनहरु तुरुन्त सम्पन्न गर्ने । जिल्ला र प्रदेश सम्मेलनको मिति र कार्यक्रम ठोसगरी सम्पन्न गर्न युद्धस्तरमा लाग्ने ।
३. पार्टीको स्थानीयदेखि केन्द्रीय समितिसम्म निर्माण गर्दा  ‘नेकपा (माओवादी केन्द्र) को संगठनात्मक कार्यविधि–२०७३’ अनुसार गर्ने । पार्टीको हरेक तहको सम्मेलन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि निर्वाचित गर्दा पार्टी समर्थित प्रत्येक जनवर्गीय संगठन र प्रत्येक राष्ट्रियमोर्चा संगठनबाट एक महिलासहित २ जना अनिवार्य प्रतिनिधित्व गराउने ।
४. वैचारिक–राजनीतिक प्रतिवेदन र विधान समितिले तुरुन्त काम शुरुगरी स्थानीय पार्टी सम्मेलनमा उक्त प्रतिवेदनहरु उपलब्ध गराउने । मूल प्रतिवेदनमा मतभेद राख्ने सदस्यहरुले स्वतः फरक मतको प्रतिवेदन प्रस्तुतगर्ने छन् ।

वैचारिक–राजनीतिक प्रश्नहरु

१. मानव मुक्तिको सर्वोच्च विज्ञान, २१ औं शताब्दीमा सर्वहारावर्गको वैचारिक हतियार मालेमाको पथप्रदर्शक सिद्धान्तलाई दह्रोगरी पक्डेर यसको रक्षा, प्रयोग र विकास गर्दै साम्यवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्ने कि  संसदवादतर्फ आत्मसमर्पण गर्ने ? के आत्मसमर्पणवादी योजनामा विगत १२ वर्षमा कुनै बैचारिक काम र कार्यकर्ताको संस्थागत व्यवस्थापन नगरिएको त होइन ?
२. मालेमाको विज्ञान नै हो, जसले नेपालमा महान जनयुद्धको रुपमा कम्युनिष्ट आन्दोलन उठायो र सामन्ती राजतन्त्र अन्त्य ग¥यो । यस विज्ञानको, माओवादी कम्युनिष्ट  आन्दोलनको भूमिकाबारे   संश्लेषण नगरी आन्दोलन विसर्जन गर्न खोज्नु ऐतिहासिक भौतिकवाद हुन्छ?
३. पहिचानको मुद्दालाई वर्गसंघर्षको जनआधार इलाकामा स्थापित नगरी कसरी हुन्छ नेपालमा समाजवादी क्रान्ति? उत्पीडित समुदायको आन्तरिक राष्ट्रिय मुक्तिको अभावमा दिइने बाह्य राष्ट्रियता र आर्थिक समृद्धिको नाराले कुन वर्ग–समुदायको सेवा गर्छ ?
४. एमालेसित एकताबाट गरिने समाजवादी क्रान्तिको दार्शनिक आधार र वैचारिक–राजनीतिक दिशा के हो ? के को निम्ति एकता? वैज्ञानिक समाजवादको निम्ति कि मरणासन्न संसदवादको निम्ति?
५. वैज्ञानिक समाजवादको निम्ति हो भने मालेमाको पथप्रदर्शक सिद्धान्त स्वीकार गर्न एमाले समूह तयार छ ? अन्तर्राष्ट्रिय गैरसरकारी संस्था निर्भर एमाले समूह दलाल तथा नोकरशाही पुजी हठात राष्ट्रियकरण गर्न तयार छ ? बिना मुआब्जा भूमिसुधार गर्न तयार छ ?एमालेसित एकीकृत पार्टीको सम्पत्ति स्वामित्वबारे नीति के हुनेछ ?
६. श्रमिकवर्गको स्वामित्वमा राष्ट्रिय पुजी निर्माण गर्न वाम गठबन्धनले चुनावमा भनेको समाजवादले विश्व बैंक, अन्र्तराष्ट्रिय मुद्रा कोष जस्ता वित्तीय साम्राज्यवादी चंगुलबाट नेपाली अर्थतन्त्रलाई मुक्त गर्छ? गर्छ भने कुन सिद्धान्तको आाधारमा गर्छ र गर्दैन भने त्यो कसरी हुन्छ श्रमिकवर्गको समाजवाद?
७. माओवादी केन्द्रको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हो कि प्रचण्ड केन्द्रीयता?के प्रचण्ड केन्द्रीयताले स्टालिन र माओको कमजोरीबाट शिक्षा लिएर निरन्तर क्रान्तिको मार्गदर्शन गर्छ ?
८. क. नारायणकाजी श्रेष्ठको ‘प्रतिक्रान्तिको शिक्षासहितको माक्र्सवाद’ अब के हुन्छ?मालेमावादी बल प्रयोगको सिद्धान्तमा प्रतिबद्धता तथा एकता महाधिवेशनबाट कार्यदिशा संश्लेषण गर्ने तेह्रबुँदे आधारपत्रबारे क. बादलको जवाफ के ? क. मातृका यादवको आन्तरिक उपनिवेश विरुद्धको लडाई कसरी लड्ने ?
९. ताजा इतिहासको महान तथा गौरवशाली माओवादी आन्दोलनलाई सर्वहारा साँस्कृतिक क्रान्ति विपरीत चरित्रमा धकेलेर डाइनोसरउन्मुख गराउन पार्टीका अधिकांश नेताहरुको सम्भ्रान्तवर्गीय जीवनशैली र तदर्थवादी कार्यशैली कति जिम्मेवार छ ?
१०. के आफ्नो सर्वहारावर्गीय स्वतन्त्रतासहित इतिहासको अर्को चरण माओवादी नै भएर लड्ने विचारले कात्रो बेरेकै हो ? कि हरेक पार्टी सदस्यसम्म कठोर सार्वजनिक आत्मसमीक्षाको सर्वहारा साँस्कृतिक आन्दोलन चलाएर पार्टी पुनःनिर्माणको निर्णायक योजनामा माओवादी केन्द्रलाई बोल्सेभिक शक्ति बनाएरै छाड्ने संकल्प गर्ने हो ?

उपरोक्त प्रश्नहरुको मालेमावादी जवाफ आम जनदिशा आधारित आठौं महाधिवेशनमा खोज्नु पर्छ । हामीलाई लाग्छ, नेपाली सर्वहारावर्ग र उत्पीडित समुदायको साथमा माओवादी नै भएर अघि बढ्न तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न सम्भव छ । सर्वहारा साँस्कृतिक रुपान्तरणको शर्तमा नेपालबाट विश्वक्रान्तिको सेवा सम्भव छ ।

लालसलाम सहित !

गोपाल किराती
नेकपा (माओवादी केन्द्र), सचिवालय सदस्य

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Feature King

    Kam xaina yiniharuko

    Comment Author

    Shambhu Shah

    कमिलाकाे मासिने बेला अायपछि पाेवाक अाउछ भन्छन् तेस्तै कुरा हाे पार्टी भाड्न खाेज्ने नेता हरुकाे फुटेर गयकाे काे लाई राम्राे भयकाे छ हेर बाबुराम बिप्लब बैद्धे अरु राप्रपा

    Comment Author

    Ranachandra Chaulagai

    फुट्ने र भाग्ने कातर रगद्धारिहुन त्यस्तानेता पार्टिमा आबसेकछैन।

    Comment Author

    Sandip Chalise Sandip Chalise

    Congresle e dui neta lai paisa khulayoki kyaho kuro gamvir cha

    Comment Author

    Devraj Phuyal

    Kutta ho yo pagal

    Comment Author

    Nima Sherpa

    गोपाल किराँतीको राजनीति यात्रा सक्कीने भो

    Comment Author

    Trilok Manee Lama

    Yesta paxi ko chai lagne hola

    Comment Author

    རཇུ ཏཔང

    बादर ले न आफ्नो घर बनाउछ न अरूलाई घर बनाउन दिन्छ । साले भईरस ।

    Comment Author

    Dipendra Keshari Basnet

    Very good……

    Comment Author

    Bel Bahadur Thapa

    कतैकतै वाट नया दल बनाउन ठूलो रकम आएको हो ।

    Comment Author

    Mangara Mahato

    Jangalma basnele jangalai man parauchh

    Comment Author

    Sandip Khatiwada

    futana himat xa vane .kasta kadta ka gay musa chala darbar

    Comment Author

    Shiva Siwakoti

    Mantri hanuni manesi ho tar Tara goyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता
एमालेलाई प्रतिउत्पादक बन्यो दाने जग्गा, कार्यकर्तामा चरम निराशा, बचाउमा केन्द्रीय नेता
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
उदयपुर आँखा अस्पताल निर्माणको लागि जापानी राजदुताबास ले दियो ८८ लाख
जनादेशको भावना बिथोल्न नहुनेमा जोड
जनादेशको भावना बिथोल्न नहुनेमा जोड
तथ्य बंग्याएर पीडित बनाए : उपसभामुख तामाङ
अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक
अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुशमा स्वराजबीच भेटवार्ता, नयाँ हवाई रुटबारे छलफल
इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम गाउँमा भीषण आक्रमण
इस्लामिक स्टेटको नियन्त्रणमा रहेको अन्तिम गाउँमा भीषण आक्रमण
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यक्रममा लफडा, कार्यकर्ता आक्रोशित भएपछि निकालियो ब्यानर
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन
विद्युत् चुहावट नियन्त्रणबाट ४० लाख बक्यौता सङ्कलन

तपाईंले छुटाउनुभयो कि?